शन् याङको कु कुं दरबार सम्बन्धी कथा

   

शन् यांगको कु कुं दरबारमा मंचु जातिको सँस्कृति जतातत्तै देख्नपाइन्छ। उदाहरणका लागि मुख्य महलभन्दा सुत्ने कोठा अग्लो छ। मंचु जातिले वन-जंगल र पहाडमा शिकार मार्दा अग्लो स्थान छानेर बास बस्ने जीवन पद्धतिको यो एक प्रतिबिम्ब हो । छिंग राजवंशको शुरुमा त्यसका शासकले मध्य चीनको साँस्कृतिक परम्परालाई ग्रहण गर्नथालेका थिए। त्यसै कारण हान् जातिको सँस्कृतिको प्रभाव शन् याङको कु कुं दरबारमा पनि स्पष्ट रुपमा परेको हो। ता चन् तिआन् महलको निर्माण संरचनालाई उदाहरणका रुपमा लिंदा, त्यस महलको निर्माण गर्दा सुंग वंश(960-1279)ताकाको निर्माण शैलीको प्रयोग गरिएको देखिन्छ। यो शैली हान् जातिको परम्परागत निर्माण शैली हो। आरामको दरबारको नाम राख्दा हान जातिको नामकरणको तरिका बराबर छ। जस्तो क्वान् स्वी कुं दरबार, लिङ ट कुं दरबारको नाम हान् जातिको प्राचीनकालीन प्रसिद्ध ग्रन्थ (कविता संग्रहबाट उत्पन्न भएको हो।

शन् याङको कु कुंग दरबारको मुख्य भागको निर्माण सन् 1625मा शुरु भएर दश वर्षको समय लागेर निर्माण कार्य पूरा भएको थियो । त्यसपछि छिंग वंशका खाङ सि , युङ चङ , छिआन् लुङ गरी तीन पुस्ताका सम्राटले त्यस दरबारको जीर्णोद्धार र थन निर्माण गर्दै जम्मा 150 वर्षभन्दा लामो समय लागेको थियो । शन् याङको कु कुं दरबारमा हान् , मंचु , मंगोलिया , ह्वै , तिब्बती आदि धेरै जातिको वास्तु कलाको शैली मिसिएको छ । शन् याङको कु कुं दरबार चिनियाँ राष्ट्रको सँस्कृति को जमावट भन्न सकिन्छ ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान