शन् याङको कु कुं दरबार सम्बन्धी कथा

   

साठी हजार वर्गमिटर क्षेत्रफल भएको शन् यांगको कु कुं दरबारमा सत्तरीवटाभन्दा बढी भवन र तीन सयभन्दा बढी कोठाहरु छन। चीनको परम्परागत राजदरबारको तुलनामा शन् यांगको कु कुं दरबारमा फिरन्ते जातिको प्रभाव देखिएको छ। यस भवनलाई मध्य, पूर्व र पश्चिम गरी तीन भागमा विभाजित गरिएको छ। तीमध्ये पूर्वी भागको विशेषता झन् स्पष्ट देखिएको छ। पूर्वी भागको मुख्य भवन होः ता चन् तिआन्। यो ता चन् तिआन् भन्ने महल छिंग वंशका सम्राटका लागि काम गर्ने र महासँस्कार पूरा गर्ने थलो थियो। यो ता चन् तिआन् भन्ने महलका पछाडिपट्टि कुञ्ज आकारका दशवटा साना महलको निर्माण गरिएको थियो। ती साना महलहरु जोडी-जोडी भएर मुखा-मुख हुँदै उत्तरबाट दक्षिणतिर कर्‍याङकुरुङ उडे जस्तै गरी रहेका छन। यो नै श वांग थिङ कुञ्ज हो। श वाङ थिङ दशजना प्रमुख भारादारहरुको कार्य-थलो थियो। निर्माण वस्तुको दुष्टिबाट हेर्दा ता चन् तिआन् वास्तवमै एक कुञ्ज हो। यो ठूलो हुनुका साथै यसमा राम्रोसँग सजावट गरिएका कारण यसलाई दरबार भनिएको हो। ता चन् तिआन् र श वाङ थिङको निर्माण शैली हेर्दा फिरन्ते जातिको अवधिको नक्कल गरेर बनाइएको भनिएको छ। ती एघारवटा कुञ्जलाई एघारवटा पालको रुपमा लिन सकिन्छ। यताउति सार्नसकिने पालको रुपमा परिवर्तन गरेर स्थीर पारिएका कुञ्जका रुपमा बनाइएका दरबार वा महललाई हेर्दा फिरन्ते जातिको सँस्कृतिको विकास क्रम बारे अनुमान गर्नसकिन्छ।

हन यांगको कु कुं दरबारमा मंचु जातिको रीतिस्थिति बारे निकै बयान गरिएको छ। मध्य भागको भवन छिङ निङ कुं दरबारको मूल ढोका अगाडि लगभग सात मिटर अग्लो एउटा काठको स्तम्भ खडा गरिएको छ। यो काठको स्तम्भलाई सिंगमरमरको आसन बनाएर राखिएको छ र यसको टुप्पोमा एउटा सोली जडान गरिएको छ। राजदरबारमा यस्तो काठको स्तम्भ खडा भएकाले यो शानदार राजदरबारको तुलनामा कत्ति पनि नमिलेको जस्तो अनुभव हुन्छ। तर यो एक असाधारण लिङ्गो हो। यसलाई सो लोन् कान् भनिन्छ। यो नै मंचु जातिले भगवानको पूजा गर्ने परम्परागत(पवित्र लिङ्गो)हो। मंचु जातिको परम्परा अनुसार यस लिङ्गोव्दारा ईश्वरको पूजाआजा गर्दा टुप्पोमा भएको सोलीमा मसिनो पारिएको चामल र मसिनो गरी काटिएको बंगूरको कलेजो आदि पनि राख्नुपर्छ र ती खाने कुराहरु कागलाई खुवाएर ईश्वरको पूजा-आजा गर्नेगरिएको छ। यो रीतिरिवाजको उत्पत्ति एक जन-श्रुतिबाट भएको हो। जन-श्रुति अनुसार, अरु जातिका मानिसहरु छिंग वंशका संस्थापक नूरहाचलाई मार्नका लागि लखेट्दै थिए। नूरहाचले भाग्ने कुनै बाटो नपाएर अन्योलको स्थितिमा परेर एक घाँसे खाल्डोमा लुकेर आफूलाई भाग्यको भरमा छोडेका थिए। त्यसै बेला अकस्मात एक बथान काग उड्दै आए र नूरहाचको शरीरमा बसेर उनलाई छोपिदिए। नूरहाच मृत्युसको मुखबाट निस्के। पछि गएर नूरहाचले चिन् राज्यको स्थापना गरे र सम्राट पनि बने। ती कागले उनको बचाउ गरेकोमा धन्यवाद दिने उद्देश्यले नूरहाचले मंचु जातिका जन-साधारणहरुलाई आ-आफ्नो घरको आँगनमा काठको लिङ्गो ठड्याएर टुप्पोमा सोलि पनि जडान गर्न र त्यसमा मिठा खाने कुरा राखेर कागको पूजा गर्न आदेश दिएका थिए। शन् यांगको कु कुं दरबारमा त्यसै बेलादेखि सो लोन् कान् भन्ने लिङ्गो ठड्याउन थालिएको हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान