नेपाली भाषा

शन् याङको कु कुं दरबार सम्बन्धी कथा

   

उत्तर-पूर्वी चीनको शन् याङमा रहेको कु कुं दरबार चीनमा अहिलेसम्म संरक्षित अवस्थामा रहेका दरबारहरुमध्ये त्यसको परिधि र संरक्षएको अवस्थालाई हेर्दा त्यो पैचिंगको कु कुं दरबारपछि दोस्रो स्थानमा परेको छ। तर पैचिंगको विश्वविख्यात कु कुं दरबारभन्दा शन् याङको कु कुं दरबार फरक के कारणले छ भने यसको निर्माण मंचु जातिका राजाको रेखदेखमा गरिएको हो। त्यसको विशेष इतिहास र गहन जातीय विशेषताले मानिसहरुलाई आकर्षित गरेको छ।

शन् याङको कु कुं दरबार चीनको उत्तर-पूर्वी क्षेत्रको ल्याओ निङ प्रान्तको सदर मुकाम सन् याङ शहरको पूरानो भागमा रहेको छ। त्यो दरबार चीनको छिङ राजवंश(1616 - 1911)को शुरुको राजदरबार थियो। यसको विशिष्ट इतिहास थियो। 17 औं शताब्दीको शुरुमा चीनको उत्तर-पूर्वी क्षेत्रको फिरन्ते जाति अर्थात मंचु जातिले हौ चिन् नामको शासन-सत्ताको स्थापना गरेको थियो। यसका सम्राट नूरहाचले शन् याङलाई राजधानी घोषित गरेर त्यहाँ राजदरबारको निर्माण गरेका थिए। नूरहाचका धर्म-पुत्र व्हांग थाइ चीले राजसिंहासनमा बसेपछि हौ चिनको नाम परिवर्तन गरेर( छिंग )राखेका थिए र उक्त कु कुं दरबारको निर्माण पूरा गरेका थिए। छिंग वंशको प्रारम्भिक अवधिका दुइजना सम्राट व्हांग थाइ ची र फु लिनले शन् यांगको कु कुं दरबारबाट शासन-व्यवस्था सञ्चालन गरेका थिए। पछि गएर छिंग वंशले मध्य चीनको मिंग वं‍शलाई पराजित गरी चीनमा केन्द्रीय प्राधिकारयुक्त नयाँ सरकारको स्थापना गरी त्यसपछि पैचिंगलाई राजधानी घोषित गरेको थियो। त्यस बेलादेखि छिंग वंशका सम्राट पैचिंगको कु कुं दरबारमा बस्नथालेका थिए। यसरी शन् यांग छिंग वंशको पूर्व-राजधानी भयो र त्यहाँ अवस्थित कु कुं दरबारलाई(पूर्व-राजधानीको दरबार)भनिएको हो।

शन् याङको कु कुं दरबार सम्बन्धी कथाशन् याङको कु कुं दरबार सम्बन्धी कथा

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान