नेपाली भाषा

पोताला दरबारको कथा

   

स्रन्चन्गेम्पो、 राजकुमारी वन् चन् शालिक

पोताला दरबार तिब्बतमा प्रचलित वौद्ध धर्मको दरवारे गढीको नमूना भए तापनि त्यसमा हान् जातिको भवन-कला अन्तर्गत खम्बामा बुट्टा कुँदाइको विशेषता पनि कायमै राखिएको छ। सन 1300 अघि तिब्बत र हान् जातिका बीच बैवाहिक सम्बन्ध गाँसिएको भन्ने कुराको प्रमाण यो पोताला दरबार नै हो। यसका साथै त्यो तिब्बती र हान जातिको एकताको ऐतिहासिक दसी हो। तिब्बती जाति होस् वा हान् जाति, सबै मानिसहरुले 1300 वर्षअघिको यो मनमोहक कथालाई एक कान दुइ कान मैदान गराएका छन।

ईस्वी सम्बत सातौं शताब्दीमा त्यहाँ तिब्बतीहरुको राज थियो। त्यहाँका राजा स्रन्चन्गेम्पोले सुशासन कायम गर्नुका साथै जनतालाई निकै मायाममता बाँडेका थिए। त्यस बेलाको तिब्बत दिनप्रति दिन शक्तिशाली हुँदैगएको थियो। मध्य चीनमा शासन गरिरहेको त्यस बेलाको थांग वंशसित मितेरी सम्बन्ध स्थापना गर्ने उद्देश्य राखी मध्य चीनबाट उन्नत प्रविधि र सँस्कृति भित्र्याएर स्रन्चन्गेम्पोले थांग वंशका राजकुमारी वन् छनसित विवाह गर्ने निर्णय गरेका थिए। विवाहका लागि केटी माग्न पठाएका दूत लु तुंग चानले उपहार लिएर थांग वंशको राजधानी शाङ आन् अर्थात अहिलेको सि आन् शहर पुगेपछि थांग वंशका आसपासका केही मुलुकले पनि सुन्दरी र गतिली राजकुमारी वन् छन् सित विवाह गर्नका लागि माग्न गएको कुरा थाहा पाएका थिए। थांग वंशका राजा थाइ चुंगले विभिन्न राज्यका दूतहरुका बीच बुद्धि जाँच प्रतियोगिता गराउने निर्णय गरे। राजाले तीनवटा प्रश्न सोधे र ती तिनवटा प्रश्नको ठीक जवाफ दिनेलाई राजकुमारीसँग विवाह गराइदिने विचार गरेका थिए।

पहिलो प्रश्न थियो, उद्यानमा दश थान काठ छन जसको दुइ पट्टिको मोटाइ बराबर छ। दूतहरुले ती काठको शीर भाग र पुछार भाग छुट्टाउनुपर्छ। बुद्धिमान लु तुंग चान्‍ले काठलाई पानीमा राखे। रुखको जरातिरको भागको संरचना बाक्लो भएकाले पानीमा राखेपछि पानीभित्र ढल्कंदै गयो। त्यसरी लु तुंग चान्ले काठको शिर भाग र पुछार भाग छुट्ट्याएका थिए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान