नेपाली भाषा

पोताला दरबारको कथा

   

रहस्यमय वातावरणले भरिपूर्ण छिंग हाई-तिब्बत टारभूमिमा समुद्र सतहदेखि सबैभन्दा अग्लो स्थानमा सबैभन्दा ठूलो परिधिको एक दरबार आकारको भवन अवस्थित छ। त्यो नै हो तिब्बती वौद्ध धर्मको शानदार र भव्य संरचना- पोताला दरबार।

ईस्वी सम्बत सातौं शताब्दीमा निर्मित पोताला दरबार त्यस बेलाका तिब्बती राजा स्रन्चन्गेम्पोले थांग वंशकी राजकुमारी वन् छनसित विवाह गर्नका लागि निर्माण गर्नुभएको [पोताला] हो। यो शब्द संकृत भाषाको उच्चारण अनुसार उल्था गरिएको हो। यसलाई [ फुथोलो ] वा [ फु थो भन्ने उच्चारणमा पनि अनुवाद गरिएको छ। यसको अर्थ अवलोकितेश्वेरको वासस्थान हो। त्यसै कारण लोक दुनियाँमा पोताला दरबारलाई [ दोस्रो फु थो पहाड ] पनि भनिन्छ । पोताला दरबार तिब्बतको लाह्साको लाल पर्वतको काखमा निर्मित छ र त्यो समुद्र सतहदेखि तीन हजार सात सय मिटरको उचाइमा रहेको छ। पहाडको भरोसामा निर्मित यस पोताला दरबारको क्षेत्रफल तीन लाख साठी हजार वर्गमिटरभन्दा बढी छ। यो दरबार लाल महल र श्वेत महल गरी दुइ भागमा विभाजित छ। लाल महल बीचमा अवस्थित छ भने श्वेत महल दुइपट्टि तेर्सो परेर रहेको छ। रातो र सेतो गरी दुइ रंग पोतिएको लाल महल र श्वेत महलले पोताला दरबार गठन गरेका छन् । तलै तला परेको यो पोताला दरबार निकै भव्य देखिन्छ।

पोताला दरबारको मध्य भागमा अर्थात लाल डाँडोको सबभन्दा अग्लो स्थानमा स्रन्चन्गेम्पोले बनाउनुभएको देहशुद्धि र पूजा गर्ने कोठा छ। यो गुफा आकारको देवालय हो। यस देवालयमा स्रन्चन्गेम्पो, राजकुमारी वन् चन्, नेपालकी राजकुमारी भ्रृकुटी र स्रन्चन्गेम्पोका भारादार लु तुं चान् आदि व्यक्तिहरुका शालिक राखिएका छन। ती शालिकहरु सबै सातौं शताब्दीका तिब्बतका मूल्यवान् कलात्मक वस्तु हुन।

पोताला दरबारको कथा

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान