नेपाली भाषा

पहेंलो धर्मको गुम्बा- युंग ह कुं अर्थात लामा मन्दिर

   

पैचिंगको शहरी क्षेत्रमा आ-आफ्नो विशेषतायुक्त धेरै प्राचीन भवनहरु छन। तर हान, मंचु, मंगोलिया र तिब्बती जाति गरी चार जातिको विशेषतायुक्त प्राचीन भवन एउटा मात्र छ अर्थात युंग ह कुं नामको दरबार अर्थात लामा मन्दिर।

चीनमा होस् वा विदेशमा, तिब्बतमा प्रचलित वौद्ध धर्मका प्रसिद्ध गुम्बाहरुमध्ये युंग ह कुं दरबार पनि निकै नाम चलेको एउटा वौद्ध गुम्बा हो। साठी हजार वर्गमिटर क्षेत्रफल ओगटेको यस गुम्बामा एक हजारभन्दा बढी महल र भवनहरु छन। छिंग राज्यकालका दोस्रो पुस्ताका राजा खांग सिले सन् 1694मा आफ्नो काइँलो छोरा राजकुमार यंग टन्को निवासका लागि यस दरबारको निर्माण गरेका थिए। सन् 1723मा ती राजकुमार राजसिंहासनमा बसेपछि आफ्नो परीवारसहित राजदरबारमा सरे। त्यसैले उनले युं ह कुं दरबारको आधा भागलाई विश्राम स्थल बनाए र अर्को भागलाई चाङ च्या हु थु ख थु नामका एकजना लामालाई दान दिए र त्यसलाई पहेंलो धर्म अर्थात गेरुवा वस्त्र लगाउने धार्मिक सम्प्रदायका लागि गुम्बामा परिणत गरिदिए।

तिब्बतमा प्रचलित वौद्ध धर्मलाई लामा धर्म पनि भनिन्छ। पहेंलो वस्त्र लगाउने धार्मिक सम्प्रदायलाई पहेंलो धर्म भनिन्छ र त्यो लामा धर्मको एक सम्प्रदाय हो। लोपुचाङ चाक्पा अर्थात लोसाङचापा (सन् 1357-1419) त्यस सम्प्रदायका संस्थापक थिए। आठ वर्षको उमेरमा लामा बनेका लासाङचापाले सत्र वर्षको उमेरमा तिब्बतमा लामा धर्मशास्त्रको अध्ययन गर्न थाले र पछि गएर यो सम्प्रदाय तिब्बतमा शासन गर्ने धार्मिक सम्प्रदाय बन्यो। त्यसका सदस्यहरु सबैले पहेंलो वस्त्र लगाएका कारण यस सम्प्रदायलाई [पहेंलो धर्म] भनिएको हो। उनले लामा धर्मका सिद्धान्तको सुधारमा निकै ठूलो योगदान गरेका थिए। दलाइ लामा र पन्चेन लामा दुबै उनका वरिष्ठ शिष्य थिए।

युं ह कुं मा प्राचीन भवन तथा पूरातात्विक वस्तुहरु धेरै छन् र ती मध्ये [ त्रिअतुलनीयता ] भन्ने तीनवटा पूरातात्विक वस्तु पहिलेदेखि धेरै नाम चलिआएका छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान