नेपाली भाषा

शि हु तालको कथा

   

उनीहरुले त्यो चुँडिएको पुलमा पुग्दा चिन् शान विहारबाट भागेर आएको स्यु सिआनसँग भेटे। यस्तो दुःखकष्ट झेलेका दुइजनाले पहिले चीनाजान भएको पुलमा फेरि भेटेकोमा हर्षले अंकमाल गर्दै डाँको छोडेर रोए। पाइ निआङ चले छोरो जन्माएको खबर पाउने बित्तिकै फा हाइ पनि आयो। उसले पाइ निआङ चलाई शि हु तालको किनाराअवस्थित लै फै स्तूपमुनि थुनिराखेको थियो। यसका अतिरिक्त फा हाइले शि हु तालको पानी नसुकेसम्म र लै फंग स्तूप नढलेसम्म पाइ निआङ च मर्त्य लोकमा फर्कन सक्नेछैन भन्ने सराप पनि दिएको थियो।

धेरै वर्ष पछि हरित साँपले रुपधारण गरेकी स्याउ छिंग नामकी केटीले शुद्धिकरण गरेर निकै दक्षता पनि हासिल गरिन् र उनी शि हु ताल फर्केर फा हाइलाई पराजित गरेर शि हु तानको पानी पनि सुकाई लै फंग स्तूपलाई ढल्काई पाइ निआङ चलाई बचाइन।

पाइ निआङ च र स्यु सिआनका बीच शि हु तालको तोआन् छिआओ अर्थात चुँडिएको पुलमाथि भेट भएर विछोड भएको दुःख-सुखको यो दन्त्य कथाले मानिसहरुका मनमा दु:ख र सुखको बाढी ल्याउनेगरेको छ। यसरी शि हु ताल मानिसहरुका मानसपटलबाट मेट्नचाहेर पनि मेट्न सकिएको छैन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान