नेपाली भाषा

शि हु तालको कथा

   

तर चिन् शान वौद्ध विहारका फा हाई नामका एकजना धर्माचार्यले पाइ निआङ च राक्षस हो र त्यसले दुनियाँमा प्रकोप ल्याउनसक्ने भन्ठानेका थिए। ती धर्माचार्यले लुकीचोरी स्यु स्यानलाई कानेखुसी गर्दै भने: पाइ निआङ च एउटा सेतो साँपबाट केटीको रुप धारण गरेको केटी हो। साथै ती धर्माचार्यले पाइ निआङ चलाई कसरी फेरि सेतो साँप बनाउने भन्ने उपाय पनि स्यु सिआनलाई सिकायो। त्यसपछि स्यु सिआनले शंका उपशंका गर्दै दिन काट्नथाल्यो। त्यसपछि तुआन् उ भन्ने एक चाड आयो। त्यस चाडका बेला स्थानीय बासीन्दाहरु दुर्दशाबाट जोगाउने विश्वास गरिएको सिउङ व्हांग अर्थात रातो हरिताल मिसाएर बनाइने रक्सी खानेगर्थे। स्यु सिआनले फा हाई नामका धर्माचार्यको उपाय अनुसार पाइ निआङ चलाई त्यस किसिमको रक्सी धेरै ख्वाइदिए। त्यस बेला पाइ निआङ चले पेट बोकेकी थिइन। तर स्यु सिआनले दिएको रक्सी नखाएमा उसले नमजा मान्ने अनुभव उनले गरिन। तर धेरै रक्सी खाएपछि साँपको रुप देखियो। डरको कारण स्यु सिआन तत्कालै मर्‍यो। उनलाई बचाउनका लागि पाइ निआङ चले गर्भधारण गरेको कुराको वास्तै नगरी पुनर्जीवित पार्नसक्ने एक किसिमको अमृत नामको बुटि चोर्न हजारौं किलोमिटरको दूरी पार गरेर खुन लोन् पहाड पुगिन। त्यस बुटीको संरक्षण गर्ने रक्षक र पाइ निआङ चका बीच भीषण संघर्ष भयो। रक्षकले पाइ निआङ चको क्रियाकलाप देखेर निकै प्रभावित भए र त्यो अमृत बुटी पाइ निआङ चका हातमा पारिदिए। त्यो बुटी खाएर स्यु सिआन जीवित भए र उनले पाइ निआङ चको अगाध मनोभावना पनि बुझे। ती दम्पत्तिका बीच निकै माया बस्यो।

तर धर्माचार्य फा हाइले त्यो सेतो साँपले मर्त्य लोकमा जीवन बिताइरहेको देख्न नसकेका कारण स्यु सिआनलाई झुक्क्याएर चिन् शान् विहारमा ल्यायो र उनलाई भिक्षु बन्न कर गर्‍यो। पाइ निआङ च र स्याउ छिंगले क्रोधित भएर स्यु सिआनलाई त्यस विहारबाट मुक्त गर्नका लागि तलाउका जलज प्राणीको नेतृत्व गरेर त्यो विहारमाथि हमला गर्नथाले। उनीहरुले बारम्बार तन्त्रमन्त्र गर्दै जादू-टुना गरेर बाढी उत्पन्न गराए। चिन् शान स विहार भेलबाढीको घेरामा पर्‍यो। यो नै [ पानीले चिन् शान विहार डुबाउने] दन्त्य कथा हो। धर्माचार्य फा हाइले पनि आफ्नो अलौकिक जादू देखाएको थियो। पाइ निआङ च गर्भवती भएका बेला फा हाइसँग लडेर पनि विजयी भइन् र स्याउ छिंगको संरक्षणका लागि दौडर आइन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान