नेपाली भाषा

शि हु तालको कथा

   

शि हु तालको नाम लिने वित्तिकै चिनियाँ तथा विदेशीहरुका मनमा निकै सुन्दर दशवटा दृश्यावलोकन स्थलहरुको याद आउँछ। ती दशवटा दृश्यावलोकन स्थलहरु यस प्रकार छनः सु थि भन्ने बाँधमा वसन्त ऋतुको सुइँको, छ्यु युआन् उद्यानमा हावामा नाचिरहेका कमलको फूल, शरद ऋतुमा शान्त तालमा जूनको किरण, चुण्टिएको पुलमा हिउँ, बैंसका रुखमा आर्‍यौल चराको चिरबिर, पुल-घाटमा माछाको अवलोकन, सान् थान् दहमा जुनेरी छाया, लै फंग शिखरमा अस्ताउँदो सूर्य, साँझपख नान् फिंगको घण्टाको आवाज तथा बादल छुने गगन्चुम्बी दुइवटा टाकुरा।

शि हु ताल बारे धेरै रोचक दन्त्य कथाहरु प्रचलित छन। माथि हामीले भनिसकेको चुंडिएको पुलमा हिउँ भन्ने दृश्यमा त्यो पुल चीनमा दैलो परिवारमा थाहा पाइएको [ सेतो साँपको विवरण ] नामक लोक कथामा सेतो साँपको रुप बदलेर पाइ निआङ च भन्ने केटीको रुप धारण गरेकी केटी र उनका पति स्यु सिआनको भेट भएको ठाउँ हो।

जन-श्रुति अनुसार, एउटा सेतो साँपले सहस्र वर्षसम्म शुद्धिकरण गरेर बल्ल मानिसको रुपधारण गर्नपाएर पाइ निआङ च नामकी एउटी सुन्दरी बनेको छ। अर्को हरियो साँपले पाँच सय वर्षसम्म शुद्धिकरण गरेर यौवनले भरिपूर्ण स्याउ छिङ नामकी केटीको रुप लिएको छ। उनीहरु सँगै बिहार गर्न शि हु ताल आइपुगे। केही भाग भत्किएको त्यो पुलनीर पुग्दा पाइ निआङ चले मानिसहरुको भीडमा एकजना गहुँगोरो अनुहारको केटालाई देखेकीथिइन। त्यसप्रति उनको मनमा प्रेम भाव पैदा भयो। अर्को साँपबाट स्याउ छिंग भन्ने केटीको रुपधारण गरेकी केटीले मन्त्र गरेर मुसलधारे पानी पारिन। त्यो बुद्धिजीवी केटाको नाम स्यु सिआन् हो। उ छाता लिएर तालको किनारमा आयो।

त्यसै बेला स्यु सिआन्ले पाइ निआङ च र स्याउ छिंग निथ्रुक भिजेको देखे र उनले तुरुन्तै आफ्नो छाता ती दुइवटी केटीलाई ओढ्न दिए र आफू पर गएर पानीमै उभिए। यो देखेर पाइ निआश्र च नामकी केटीले स्यु सिआन एकजना सोझा र भलादमी केटा भएको कुरामा विश्वास गरिन। उनको मनमा मायाको लहर उठ्यो, त्यस केटाप्रति। त्यस केटामा पनि उनीप्रति प्रेम भाव जाग्यो। स्याउ छिंग भन्ने अर्की केटीको सहायतामा ती दुइजनाको विवाह भयो। र उनिहरुले शि हु ताल छेउ एउटा आयुर्वेद पसल खोले र मानिसहरुको उपचार गर्नथाले। त्यहाँका छरछिमेकी र बासिन्दाहरुले उनीहरुलाई धेरै मन पराए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान