नेपाली भाषा

उ थाइ पहाड सम्बन्धी दन्त्य कथा

   

उ थाइ शान पहाड राष्ट्रिय स्तरको प्रसिद्ध दृश्यावलोकन स्थल हो। यहाँ वौद्ध धर्ममा आधारित धेरै मानवीय दृश्यहरु हुनुका साथै धेरै मनोरम र अनौठा प्राकृतिक दृश्य पनि छदैछन। त्यस सम्पूर्ण दृश्यावलोकन स्थलमा 42 वटा प्राचीन मठ-बिहारहरु छन। तीमध्ये नान ठान स अर्थात दक्षिणी ध्यान बिहार र फ क्वांग स अर्थात बुद्ध प्रतिभाकरण बिहारको स्थापना चीनको थांग राज्यकालमा भएको थियो र अहिलेसम्म ती दुइवटा बिहारको उमेर एक हजार दुइ सय वर्ष पुगिसकेको छ। चीनमा अहिलेसम्म राम्रोसँग संरक्षित सबैभन्दा पूरानो काठद्बारा निर्माण गरिएको संरचना तीनै बिहार हुन। ती बिहारबाट चीनको प्राचीनकालको धर्म र धार्मिक कलाको विकासको ऐतिहासिक रुपआकृति प्रतिबिम्बित भएको मात्र नभई यसबाट चीनको प्राचीनकालीन वास्तु कलाको उपलव्धि पनि केन्द्रीभूत रुपमा देखाइएको छ।

राष्ट्रिय स्तरको प्राकृतिक दृश्यावलोकन स्थलका नाताले उ थाइ शान पहाडमा जताततै गगनचुम्बी अनौठा ढुंगाहरु देखिन्छन। कलकल गरेर बगिरहेर खोलाहरुले वनस्पतिका लागि राम्रो वातावरण उपलव्ध गराएका छन। पहाडको टाकुरामा वर्षैभरि हिउँ जम्नेभएका कारण गर्मी याममा पनि त्यहाँको मौसम शितल हुन्छ। गरम छल्ने त्यो निकै उपयुक्त थलो हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान