नेपाली भाषा

उ थाइ पहाड सम्बन्धी दन्त्य कथा

   

मन्जुश्री बोधिसत्वले पूर्वी सागर पुगेर नागराजको दरबार बाहिर एउटा ठूलो पत्थर देखे। त्यो पत्थरनिर पुग्दा-नपुग्दै चिसो हावा लागेको अनुभव भयो। नागराजसित भेटेर मन्जुश्रीले आफ्नो मनसाय सुनाए। नागराजले माफी माग्दै भनेः " महाधर्माचार्यले जे चीज सापट लिनु भए पनि हुन्छ, तर यो पत्थर सापट लिनुहुँदैन। किनभने यो पत्थर सयौं वर्ष लगाएर समुद्रको पिंधबाट निकालिएको हो र यो पत्थर असाध्यै चिसो भएकाले मेरा छोराहरुले हरेक दिन काम पूरा गरेपछि पसिनाले निथ्रुक भएका बेला यस पत्थरमाथि बसेर आराम गर्नेगरेका छन। तपाईंले यसलाई सापट लिनुभएमा मेरा छोराहरुका लागि गर्मी छल्ने र आराम गर्ने ठाउँ नै हुनेछैन "। मन्जुश्रीले पटक पटक आफू उ फंग शान पहाडको भिक्षु भएको जानकारी दिदै मर्त्यलोकका दुनियाँको कल्याणका लागि तपाईंसँग अनुरोध गर्न विशेष रुपमा यहाँ आएको हुँ भने।

त्यस अलौकिक पत्थर अरुलाई सापट दिने नागराजको इच्छा नभए तापनि मन्जुश्रीको अनुरोधलाई प्रत्यक्ष रुपमा अस्वीकार गर्नु पनि त्यति मनासिब थिएन। यो बृद्ध भिक्षु आफै यो पत्थर सार्न नसक्ने होला, नागराजले मनमनै सोचे। अन्त्यमा नागराजले स्वीकार गर्दै भनेः "यो अलौकिक पत्थर निकै गरुङ्गो छ र तपाईंलाई मदत दिने कसैको क्षमता पनि छैन। यसलाई बोक्नसक्ने बल तपाईंमा छ भने लिएर जानुहोस्"।

मन्जुश्रीले नागराजलाई धन्यवाद दिंदै त्यो अलौगिक पत्थरका सामु गएर मुखमा मन्त्र गर्दै त्यो अति नै ठोलो पत्थरलाई एउटा निकै सानो गोलीमा परिणत गरिदिए। मन्जुश्रीले त्यो सानो गोलीलाई बाहुलीमा हालेर हतार-हतार गर्दै फर्के। किंकर्तव्यविमुढ भएका नागराजलाई धेरै पछुतो लाग्यो।

मन्जुश्री उ फंग शान पहाड फर्कँदा टन्टलापुर घाम लागिरहेको थियो। धेरै दिनसम्म पानी नपरेर सुक्खा भएर जमीनमा ठुल्ठुला चिराहरु परेका थिए। त्यहाँका मानिसहरु दुःखले छटपटाइरहेका थिए। मन्जुश्रीले त्यो पत्थरलाई पहाडको एक भञ्ज्यांगमा राख्नासाथ त्यहाँ अनौठा वातावरण देखापर्‍यो: उ फंग शान अर्थात पाँच टाकुरे पहाडमा तुरुन्तै निकै शितल भयो। त्यसैकारण त्यस भञ्ज्यांगलाई शितल भञ्ज्याङको नाम दिइयो। मानिसहरुले त्यहाँ एक वौद्ध बिहारको स्थापना गरी त्यस बिहारलाई छिङ ल्याङ श बिहारको नाम दिइयो। त्यस बेलादेखि उ फैं शान पहाडको नाम पनि छिङ ल्याङ शान पहाड राखियो। आज आएर पनि उ थाइ शान पहाडलाई छिङ ल्याङ शान पहाड नै भनिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान