नेपाली भाषा

उ थाइ पहाड सम्बन्धी दन्त्य कथा

   

चीनमा वौद्ध धर्मसँग सम्बन्धित चारवटा प्रसिद्ध पहाड छन। ती चारवटा पहाड हुनः उ थाइ पहाड, अ मै पहाड, फु थो पहाड र चियु व्हा पहाड। जनश्रुति अनुसार, वौद्ध धर्ममा मन्जुश्री, समन्तभद्र, अवलोकितेश्वर, क्षतिगर्भ गरी चारजना बोधिसत्वका लागि ती चारवटा पहाड देहशुद्धी गर्ने स्थान हुन। त्यसैले लामो समयसम्म ती चारवटा पहाड र धार्मिक सँस्कृतिका बीच अगाध सम्बन्ध रहिआएको छ। यसका अतिरिक्त, ती चारवटा पहाड चीनको प्रसिद्ध दृश्यावलोकन स्थल पनि हुन।

पाँचवटा टाकुराका श्रृंखलाले एक-अर्कालाई अंकमाल गरेजस्तो देखिने उ थाइ पहाडमध्ये चीनको शान्सी अर्थात पल्लो शान्सी प्रान्तमा पर्दछ। ती पाँचैवटा टाकुराको शिखर समतल र फराकिला छन, मानौं तिनीहरु माटोबाट बनाइएका चौतारा हुन। तिनलाई पूर्वी चौतारो, पश्चिमी चौतारो, दक्षिणी चौतारो, उत्तरी चौतारो र माझ चौतारो भनिन्छ। तिनलाई संयुक्त रुपमा "उ थाइ " भनिन्छ अर्थात पाँच टाकुरे चौतारो। अनि उ थाइ पहाड उत्तरी चीनमा भएको समुद्र सतहदेखि सबैभन्दा अग्लो स्थान हो।

उ थाइ पहाडको पूरानो नाम उ फंग शान थियो, अर्थात पाँच टाकुरे पहाड। त्यहाँको मौसम धेरै नराम्रो थियो। जाडोको याममा त्यहाँ पानी पनि जमेर हिउँ बन्थ्य्यो। वसन्त ऋतुमा बालुवै-बालुवा हावामा उडेर आकाशमा तुवालो लाग्थ्यो। ग्रिष्म ऋतुमा धेरै गर्मीका कारण मानिसलाई उकुस-मुकुस हुन्थ्यो र किसानहरुले निकै अप्ठ्यारो वातावरणमा खेतीपाती गर्नुपर्थ्यो। एक दिनको कुरो थियो, मन्जुश्री बोधिसत्व धर्म प्रचार गर्नका लागि त्यस ठाउँमा आउनुभयो। दुःख-कष्ट झेलन विवश मानिसहरुलाई देखेर त्यहाँको मौसममा सुधार गर्ने कटिबद्धता मन्जुश्रीले जाहेर गर्नुभयो।

पूर्वी सागरका नागराजको दरबारमा एक अलौकिक पत्थर रहेको जानकारी मन्जुश्रीले पाए। सुक्खा मौसमलाई रसिलो पार्नसक्ने त्यस पत्थरको क्षमता थियो। त्यो जानकारी पाएपछि मन्जुश्रीले एकजना भिक्षुका रुप धारण गरेर पूर्वी सागरका नागराजकहाँ त्यो पत्थर सापट लिन गए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान