नेपाली भाषा

लाओ शान पहाडका ताउ धर्मका सन्न्यासी सम्बन्धी कथा

   

वांग छिले आफ्नो घर फर्केपछि पत्नीका सामु फूलबुट्टा भरेर कुरा गर्‍योः मैले देवतासित भेटेर मन्त्र जादू पनि सिक्न पाएँ र अहिले भित्ताले पनि मलाई छेक्न सक्दैन। पत्नीले उसको कुरा नमानेर संसारमा यस्तो कुरा हुनैसक्दैन भनिन। वांग छिले मन्त्र गर्दै भित्तातीर दगुर्दै गयो। त्यति बेला उ भित्तामा ठोकिएको आवाज सुनियो। वांग छि भुइँमा लड्यो। उसकी पत्नीले उसलाई उठाइन। वांग छिको टाउकोमा ठूलो फोको निस्क्यो। वांग छि लाजले आफ्नो टाउको निहुराएर बस्यो। उसकी पत्नीलाई रीस उठ्यो र हाँसो पनि। उनले भनिनः संसारमा मन्त्र-जादू भए पनि तिमी तीन महिनामै त्यो कुरा सिक्न सक्दैनौ। एक राति वांग छिले गुरुकहाँ आफू भित्ताबाट छिचोलेर निस्कीसकेको कुरा सम्झेको थियो। त्यस सन्न्यासीले मलाई छक्याएको होला। सन्न्यासीमाथि शंका लागेर उसले त्यसलाई गाली गर्नथाल्यो। त्यस बेलादेखि वांग छिले केही पनि नगरेर त्यसै खाने र बस्ने मात्र गर्नथाल्यो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान