नेपाली भाषा

लाओ शान पहाडका ताउ धर्मका सन्न्यासी सम्बन्धी कथा

   

त्यसपछि फेरि एक महिना बित्यो। सन्न्यासी गुरुले वांग छिलाई कुनै तन्त्रमन्त्र र जादू सिकाउंदै सिकाएनन। वांग टिले सहन नसकेर गुरुकहाँ गयो । गुरुलाई देखेर वांग टिले भन्योः " गुरु म टाढाबाट आएको शिष्य, चीरायु सम्बन्धी जादूपद्धति नसिकाए पनि मलाई केही स-साना जादू सिकाउनुहोस। यसबाट पनि मलाई अलिकति सान्त्वना मिल्नेछ।" गुरुले हाँसेर पनि जवाफ नदिएको देखेर वांग छिको मन चिन्ताले व्याकुल भयो। उसले हातको इशारा गर्दै गुरुलाई भन्योः "दाउरा-घाँस काट्नका लागि अहिले दिनदिनै विहान सबेरै निस्केर रात परेपछि मात्र फर्कन्छु, आफ्नो घरमा मैले यति दुःख भोगेको छैन"। गुरुले हँसिलो मुद्रामा उसलाई भनेः " तिमी दुःख भोग्न सक्दैनौ, यो कुरा मैले यस अघि नै विचार गरेको थिएँ। अब मेरो सोचाइ ठीक भएको प्रमाणित भयो। भोलि विहान तिमी आफ्नो घर फर्केउ। " वांग छिले गुरुसँग विम्रताका साथ अनुरोध गर्‍योः "गुरुले मलाई अलिकति भए पनि सिप सिकाएमा म यहाँ आएर केही पनि नपाएको भन्नेछैन "। गुरुले उनलाई सोधेः "तिम्रो के जादू सिक्ने इच्छा छ? " वांग छिले भन्योः "मैले गुरु हिंडिरहेको बेला भित्ताले पनि छेक्न नसकेको देखेको छु, म यही जादू सिक्नचाहन्छु"। गुरुले हाँसेर वांग छिको अनुरोध स्वीकारे। गुरु र शिष्य दुबै एक भित्ताछेउ गए। गुरुले भित्ता छिचोल्ने मन्त्र वांग छिलाई बताए र उसलाई आफै पाठ गर्न पनि भने। वांग छिले त्यो मन्त्र पूरा पाठ गरेपछि गुरुले औंला देखाउँदै भनेः " भित्तामा पस"।तर वांग छिले चने डरका कारण खुट्टा कमाउँदै भित्ताभित्र पस्ने आँट गरेन। गुरुले फेरी ठूलो स्वरमा भनेः " गरेर हेर, भित्ताभित्र पस"। एक दुइ पाइला सारेपछि वांग छि फेरि रोकियो। गुरुले असन्तोष मान्दै भनेः "टाउको निहुराएर अघि बढ"। वांग छि कुनै सिप नलागेर त्यसै अघि सर्‍यो। उ कुनै बाधा विना नै भित्ताको उत्तापट्टी पुग्यो। वांग छिले निकै खुशी भएर गुरुलाई धन्यवाद दियो । गुरुले उसलाई भनेः "घर फर्केपछि परिश्रम गर्दै असल मान्छे बन्नुपर्छ, नत्र भने मन्त्र र जादूको कामै हुँदैन"।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान