नेपाली भाषा

लाओ शान पहाडका ताउ धर्मका सन्न्यासी सम्बन्धी कथा

   

एक महिना बितेको थाहै भएन। वांग छिका हात-खुट्टामा कडा ठेला बसिसके। दिनदिनै दाउरा र घाँस काट्नुपर्ने दुःख सहन नसकेर उनले घर फर्कने विचार गरे। राति वांग छि र आफूभन्दा जेठा अरु शिष्यहरुसँगै उनी ताउ धर्मको मठमा फर्के। गुरु अरु दुइजना पाहुनासँग कुराकानी गर्दै रक्सी पनि खाँदैथिए, अँध्यारो भैसकेर पनि बत्ति समेत बालिएको थिएन। गुरुले एएटा सेतो कागजलाई एक गोलाकार ऐनाका रुपमा काटेर भित्तामा टाँसिदिए। क्षणमै त्यस कागजबाट चन्द्रमाको जस्तै प्रकाश निस्क्यो। यस बेला एकजना पाहुनाले भनेः "यति मनोहक रातमा यति मिठो रक्सी र खाना भएकोमा सबैले हर्ष मनाउ गरौं। " सन्न्यासीले रक्सी हालिएको सुराही लिएर शिष्यलाई दिए र मज्जाले रक्सी खानुहोस् भने। पर बसेको वांग छिले मनमनै विचार गर्‍योः यति धेरै मानिसका लागि यति सानो सुरहीमा कति रक्सी होला र। कसरी मज्जाले खाने। अरु मानिसले पनि शंका-उपशंका गर्दै सुराही उठाएर आ-आफ्नो कपमा रक्सी हाल्नथाले। अचम्मलाग्दो कुरो, जति पल्ट रक्सी हाले पनि त्यस सुराहीमा रक्सी अझै टम्मै हुन्थ्यो। वांग छिलाई कौतुहल लाग्यो। एक छिनपछि एकजना पाहुनाले सन्न्यासीलाई भने: "चन्द्रमाको मनोहक प्रकाशमा रक्सी मात्र खाँदा मज्जा हुँदैन, कसैले नाचेमा झन् रमाइलो हुनेछ। " ताउ धर्मका ती सन्न्यासीले एउटा चपस्टिक उठाएर त्यस सेतो कागजमा ठोके। अकस्मात चन्द्रमाबाट एक तिहाई मिटर जती उचाइ भएकी एउटी केटी निस्किइन। भुइँमा उत्रने बित्तिकै ती केटी साधारण मानिस जस्तै अग्ली भइन। चिट्टिक परेको जीउ-डाल, गोरो छाला थियो उनको र पातलो पोशाकमा सजाइएका झुम्काहरु फर्फराइरहेका थिए। केटीले नाच-गान गर्दै मानौं उडिरहेको जस्तो देखिएकोथियो त्यति बेला। अकस्मात ती केटी उफ्रेर टेबुलमा पुगिन। सबै मानिसहरु आत्तिरहेका बेला ती केटी चपस्टिकको रुप जस्ताको तस्तै बनिन। त्यो दृश्य देखेर वांग छि किंकर्तव्यविमूढ भए। त्यस बेला एकजना पाहुनाले भनेः "मलाई धेरै खुशी लाग्यो, तर फर्कने बेला भयो "। त्यति बेला सन्न्यासी र पाहुनाहरुले टेबुल अन्यत्र सारे। चन्द्रमा पनि अँध्यारो हुँदैगयो। शिष्यहरुले मइनबत्ति बाले। गुरु एक्लै त्यसै बरिरहेकै थिए। पाहुनाहरु कतै न कतै गए। बाँकी रहेको तरकारी र रक्सी टेबुलमै थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान