नेपाली भाषा

ह शद्बारा मूल्यवान् पत्थर अर्पण सम्बन्धी कथा

   

छु राज्य निबासी पिआन् ह नामका एकजना व्यक्तिले ठु शान् पहाडमा एउटा प्राकृतिक मूल्यवान पत्थर पाएको थिए । त्यो पत्थर लिएर उनी छु राज्यका राजालाई दिन गए। राजाले पत्थरको काम गर्ने एकजना कारीगरलाई पत्थरको आकलन गर्न हुकुम दिए। यो एक साधारण पत्थर हो, कारीगरले भन्यो। यो एक ठगी हो भन्दै राजाले पिआन् हको बाँया खुट्टा काटिदिने आदेश दिए।

छु राज्यका लि राजाको स्वर्गवास भएपछि अर्क नयाँ राजा उ राजसिंहासनमा बसे। पिआन् हले फेरि त्यही पत्थर नयाँ राजालाई अर्पण गरे। नयाँ राजाले फेरि त्यो पत्थरको मूल्याङ्कन गर्न कारीगरलाई जिम्मा दिए। यो साधारण पत्थर हो भनेर कारीगरले भन्यो। उ राजाले यो ठग नै हो भन्दै पिआन् हको दायाँ खुट्टा पनि काटिदिन हुकुम दिए।

उ राजा मरेपछि वन् राजा राजसिंहासनमा बसे। पिआन् हले त्यो मूल्यवान पत्थर लिएर ठु शान् पहाडको फेदीमा बसेर तीन दिन तीन रातसम्म डाँको छोडेर रोयो। आँखामा आँसु पनि सुक्यो र रगत पनि आयो। वन् राजाले यो कुरा सुनेपछि पिआन् हलाई यस बारेमा सोध्न मानिस खटाए। संसारमा दुइवटा खुट्टा काटिएका मानिस धेरै छन। तर तिमी किन मन थाम्न नसकेर यसरी रोयौ भनेर राजाको मानिसले सोध्यो।

पिआन् हले मेरा खुट्टा काटिदिएका कारण म रोएको होइन। यो मूल्यवान् पत्थरलाई साधारण पत्थर भनिएको र असल मानिसलाई ठग ठानिएकोमा मलाई अतिशय दुःख लागेको छ भनेर जवाफ दियो।

वन् राजाले यस पत्थरलाई राम्रोसँग प्रशोधन गर्नुपर्छ भन्दै कारीगरलाई आदेश दिए। अहो, नभन्दै यो त एक दुर्लभ रत्न पो रहेछ। त्यसैले राजाले त्यस पत्थरलाई ह श पि नामकरण गरिदिए। यसको अर्थ होः पिआन ह भन्ने एकजना मानिसद्बारा पत्ता लगाइएको मूल्यवान पत्थर।

यस कहानीमा लेखक हान् फैले पिआन् हको दु:खद अनुभवमार्फत राजाले आफ्नो राजनीतिक धारणलाई ग्रहण नगरी आफैलाई परै निकाला गरेबापत दुःख र खेद लागेको मनोभावना प्रकट गरेका छन। यस कहानीले मानिसहरुलाई के गहन अर्थ पनि दिएको छ भने कारीगरले मूल्यवान पत्थरको ज्ञान आर्जन गर्नुपर्छ , राजाले दक्ष व्यक्तिलाई जानकारी लिनुपर्छ र मूल्यवान् रत्न अर्पण गर्ने मानिसले रत्नका लागि बलिदान गर्ने तयारी गर्नुपर्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान