नेपाली भाषा

"हौ ची"राजा र थरी थरिका खाद्यान्न

   

चीनको प्राचीन कालको सभ्यता खास गरी कृषि-सभ्यता नै थियो। यसैले चिनियाँ कहानीमा कृषि सम्बन्धी धेरै कथाहरु छन्।

शुरुमा मानिसहरु जनावरको शिकार गर्ने र माछा मार्ने अनि जंगली फलफूल संकलन गर्नेगर्थे र यसैका आधारमा जीवन निर्वाह गर्दथे। यिनीहरुले बाँच्नका लागि खाने कुरा खोज्न यता-उता धाउनुपर्थ्यो र धेरै थकाइ लाग्दथ्यो। तथापि यिनीहरुले खाने कुरा नभेट्टाएर कहिलेकाहीं भोकै पनि बस्नुपर्थ्यो। त्यस वेला एकजना जवान केटी थिइन। उनको नाम चिआन युआन थियो र उनी थै नामको ठाउँमा बस्थिन।

एक दिन चिआन युआन बाहिर घुम्न गइन। घर फर्कंदा बाटामा उनले भिजेको जमीनमा मानिसको एउटा अति ठूलो पाइला देखिन्। यत्रो ठूलो पाइला देखेर उसलाई अचम्म लाग्यो। उनले आफ्नो खुट्टा उक्त ठूलो पाइलामा राखिन। उनले आफ्नो खुट्टा त्यो पाइलामा राख्ने बित्तिकै उनको शरिरमा कम्पन भयो। चिआन युआन घर फर्केपछि केही समयपछि उनि गर्भवती भइन। नौ महिनापछि उनले छोरी पाइन। छिमेकीहरुको विचारमा वुबा नभएकाले त्यो बच्चा अभागी हुन्छ। ती छिमेकीहरुले बलजफ्ती चिआन युआनका हातबाट बच्चालाई खोसेर धेरै टाढा लगेर छोडिदिए। त्यस बच्चाले दूध खान नपाएपछि छिटै मर्ने ठहर ती छिमेकीहरुले गरेका थिए। तर बच्चालाई प्याँकिएको स्थानमा आउने-जाने जनावरहरुले त्यस बच्चाको सुरक्षा गर्थे। अनि कुनै पोथी जनावरले त्यस बच्चालाई दूध पनि खुवाउने गर्थे। त्यसैले त्यो बच्चा जीवित रह्यो। ती छिमेकीहरुले अझै पनि बाँचिरहेको त्यस बच्चालाई लगेर वनमा फ्याक्ने तयारी गरे। त्यस बेला वनमा दाउरा खोज्ने एउटा मानिस भएका कारण बच्चालाई फाँक्ने काम सफल भएन। अन्तमा रिसाएका मानिसहरुले त्यस बच्चालाई चिसो हिउँमा फ्याँकिदिए। तर आकाशमा उडिरहेका चराहरुले तत्कालै जमीनमा ओर्लेर आफ्ना पखेटाका सहाराले त्यस बच्चालाई न्यानो पारे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान