नेपाली भाषा

ग्वेन र दायु दुइजनाद्बारा नदीको व्यवस्थापन

   

दायु नामका एकजनाले नदीको व्यवस्थापन गर्ने सम्बन्धी कथा चीनमा झण्डै सबै परीवारलाई थाहा छ होला। तर दायुका बुवा ग्वेन पनि जन-समूहको हितका लागि नदीको व्यवस्थापन गर्ने एकजना बीर पुरुष थिए।

प्राचीन कालमा लगभग बाइस वर्षसम्म चीनमा बाढी प्रकोपका रुपमा देखापर्दथ्यो। देशभरि जताततै पानी नै पानी हुन्थ्यो। खेतिपाति सबै पानीमुनि डुब्दथ्यो। मानिसहरुको घर पनि पानीमा डुबेका कारण जीवन निकै कठीन हुन्थ्यो। यसका साथै जनावरहरुले बेला-बेलामा मानिसमाथि आक्रमण गर्नेगर्थे। यस्तो कठीन अवस्थाका कारण जनसंख्या घट्दैगएको थियो। यो देखेर तत्कालीन राजा राउ निकै चिन्तित थिए। यसैले उनले विभिन्न जन-जातिका नेतालाई बोलाएर यस बारेमा छलफल गरेका थिए। छलफलका क्रममा सबैले ग्वेनलाई नदीको व्यवस्थापन गर्ने जिम्मा दिन सहमति जनाएका थिए।

श्री ग्वेनले आदेशअनुसार काम गर्नथाले। भयङ्कर बाढीको प्रकोप देखेर उनले निकै विचार गरे र उनले एउटा उखान सम्झे:"सिपाहीको विरोधमा जनरल, पानीको विरोधमा माटो"। गाउँ-बस्तीका चारैतिर उच्च बाँध बनाएपछि बाढी नियन्त्रण कार्य सफल हुने विचार ग्वेनले गरेका थिए। वास्तवमा त्यस बेला जताततै पानी मात्र थियो, माटो र ढुंगा कहाँबाट ल्याउने। त्यस बेला पानीबाट एउटा कछुवा बाहिर निस्क्यो र ग्वेनलाई भन्यो:स्वर्गमा "शि राङ्ग"नामक मूल्यवान् वस्तु छ। तिमी "शि राङ्ग"नामक मूल्यवान् वस्तु पाएपछि यसलाई भुइँमा फ्याँकेमा"शि राङ्ग"छिटै पहाड र बाँध बन्नेछ। यो कुरा सुनेर ग्वेन धेरै खुशी भए। उनले कछुवालाई विदा गरी त्यहाँदेखि असाध्यै टाढा पश्चिम दिशातिर लागे।

श्री ग्वेनले अति नै दु:ख-कष्ट झेलेर पश्चिमी दिशामा रहेको खुनलुन पहाड पुगे। उनले स्वर्गका सम्राटसँग दर्शन-भेट गरेपछि आफू नदीको व्यवस्थापन गर्न र जन-समूहलाई बचाउनका लागि"शि राङ्ग"नामक मूल्यवान् वस्तु लिनका लागि यहाँ आएको भने। तर स्वर्गका राजाले उनको माँग अस्वीकार गरे। ग्वेनको मनमा बाढीको प्रकोपबाट प्रभावित जन-समूह मात्र आयरहन्थ्यो। यसैले उनले लुकि-छिपी "शि राङ्ग"चोरेर पूर्वतिर लागे। उनले छिटै "शि राङ्ग"लाई भूइँमा छरे। साँच्चिकै त्यो "शि राङ्ग"तुरुन्तै पानीको सतहभन्दा उच्च देखियो। बाढी एक मिटर बढेपछि त्यो "शि राङ्ग"दश मिटर अग्लो हुन्थ्यो। अन्तमा बाढी नियन्त्रित भयो। मानिसहरु बाढीको चपेटाबाट मुक्त हुनपाएकोमा खुशियाली मनाउँदै खेतिपाति गर्नथाले।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान