नेपाली भाषा

छाँ हो चन्द्रमामा उडेर गएको कथा

   

आफ्नी स्वास्नीले आफूसँगै नर-लोकमा बसेर दु:खी जीवन विताउनु परेकोमा हौ यीलाई दु:ख लाग्यो। उनले खुन लुन पहाडमा बस्ने देवी सिवाङ्गमूसँग एक किसिमको औषधि भएको कुरा सुने। यो औषधि खाएपछि मानिस उडेर स्वर्गमा जानसक्छ भन्ने कुरा हौ यीलाई थाहा भयो। हौ यी धेरै दु:खका साथ खुन लु पहाड पुगे र देवी सिवाङ्गमूसँग औषधि मागेर ल्याए। यो औषधि दुइजनालाई खान नपुग्ने भएका कारण उनले त्यसलाई घरमै लुकाएर राखे।

हौ यीकी स्वास्नी छाँ हो दु:खमय जीवन विताउन इच्छुक थिइनन्। हौ यी बाहिर गएको बेला पारेर लुकाएर राखिएको औषधि छाँ होले खोजेर पाइन र एक्लै त्यो औषधि खाइन्। यस औषधि खाने बित्तिकै छाँ होको जीउ क्रमशः हलुका हुँदैगयो। त्यसपछि उनी उडेर चन्द्रमामा पुगीन। हौ यीले छाँ हो चन्द्रमामा गैसकेको कुरा थाहा पाएर साह्रै दुखी भए र छाँ होसित विदा भए।

हौ यी एक्लो भएपछि शिकार गर्नथाले र केही विद्यार्थीहरुलाई तारो हान्न सिकाउँनथाले। उनका विद्यार्थीहरुमध्ये फोङ्ग मोन नामका एकजना विद्यार्थी थिए। उनी तारो हान्न धेरै सिपालु थिए। उनले हौ यी बाँचिरहेको अवस्थामा आफू पहिलो स्थानमा पुग्न नसक्ने विचार गरेर एक दिन हौ यीलाई रक्सी लागेको मौका पारेर उनले हौ यीलाई मारिदिए।

चन्द्रमा पुगेकी छाँ हो औषधि बनाइहेको एउटा खरायो र रुख काटिहेको एकजना बुढासँग बस्दछिन्। जब उनले आफ्ना श्रीमान हौ यीसँग बिताएको जीवनको सिंहावलोकन गर्थिन उनलाई पछुतो लाग्थ्यो र उनि आफूलाई झन एक्लो अनुभव गर्थिन। तर उपाय कतै छैन, हालसम्म पनि छाँ हौ चन्द्रमामा दु:खमय जीवन विताइरहेकी छिन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान