नेपाली भाषा

व्हाङ्ग ती र छ यु बीचको युद्ध

   

केयौं हजार वर्ष अघि चीनको याँसी र व्हाङ्ग ह नदी क्षेत्रमा धेरै जातिका मानिसहरुको बसोबास थियो। व्हाङ्ग ह नदी क्षेत्रमा बसोबास गरिरहेको एक जातिका प्रसिद्ध नायकको नाम व्हाङ्ग ती थियो। त्यहाँ बस्ने अर्को जातिका नायकको नाम येन ती हो। यिनीहरु दुइजना दाजु-भाइ थिए। याङ्ग सि नदी क्षेत्रमा ज्यु लि नामको एक जातिको बसोबास थियो। त्यसको नाइकेको नाम छ यौ थियो। उनी ज्यादै शक्तिशाली थिए।

छ युका एकासीजना दाजु-भाइ थिए। तीनीहरुको टाउको मान्छेको थियो भने जीउ जनावरको। तीनीहरुको टाउको तामाले बनेको थियो भने हात फलामले। तिनीहरु छुरी र धनु जस्ता हात-हतियार बनाउने काममा सिपालु थिए। नायके छ यौ सधैं अरु जन-जातिमाथि आक्रमण गर्नेगर्दथे।

एक दिन छ यौले नायक येन ती जन-जातिको बसोबास रहेको क्षेत्रमाथि कब्जा गरे। छ यौसँगको युद्धमा येन ती पराजित भए। नायक येन ती नायक व्हाङ्ग ती बस्ने ठाँउ चो लु गई सहयोगका लागि आग्रह गरे। व्हाङ्ग तीले अन्य विभिन्न जातिका नायकहरुसँगै मिलेर चो लुमा छ यौसँग संघर्ष गरे। यस युद्धलाई चीनको इतिहासमा "चो लु महायुद्ध" भनिन्छ।

युद्धको शुरुमा छ यौले राम्रा हात-हतियार र बीर सैनिकका कारण विजय प्राप्त गरे। त्यसपछि व्हाङ्ग तीले आफूलाई सहयोग गर्न नाग र अरु शक्तिशाली जनावरहरु बोलाए। जति सुकै बहादूर भए तापनि व्हाङ्ग तीका सेना र यी शक्तिशाली जनावरका सामु छ यौका सैनिकले हार खानुपर्‍यो।

व्हाङ तीले छ यौका सैनिकहरुलाई मारिरहेको बेलामा छ यौले वायु-देवता र जल-देवतालाई निमन्त्रणा गरे। अकस्मात आकाश अँध्यारो भयो। हुरी-बतासका साथ कुहिरो आयो, बेस्सरी पानी पर्‍यो र चट्याङ्ग पनि पर्‍यो। व्हाङ्ग तीले सुख्खा देवतालाई पनि बोलाए। सुख्खा देवताले हावा र पानीलाई भगाए।

छ यौले फेरि राक्षसी तरिकामार्फत कुहिरोलाई बोलाए। व्हाङ्ग तीको सेनाले केही पनि देख्न सकेनन। व्हाङ्ग तीले आकाशमा रहेका ध्रुव तारा मार्फत आफ्नो सेनालाई दिशा देखाएर दिग्‌दर्शक गाडी पनि बनाए। त्यस गाडीले सैनिकलाई कुहिरोबाट बाहिर जाने बाटो देखायो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान