नेपाली भाषा

सूर्यको पछाडी दौडिरहेका बहादुर ख्वा फू

   

प्राचीनकालमा उतरी क्षेत्रको बञ्जर स्थानमा बादलभन्दा पनि एकदमै अग्लो एउटा पहाड थियो। त्यहाँ एकदमै अग्ला र बहादुर मानिसहरुको बसोबास थियो। तिनीहरु निकै मायालु थिए। ती मानिसहरुका नेताको नाम ख्वा फू थियो। ख्वा फूका दुइवटा कान र दुइवटा हातमा दुइ-दुइवटा नाग थिए।

कुनै एक वर्ष त्यहाँको मौसम अति नै तातो भयो। रुख र खोला-नाला सबै सुके। ख्वा फू समूहका धेरै मानिसहरुको ज्यान गयो। उनले सूर्यतिर हेरेर भने:सूर्य कति बदमाश रहेछ। म उसलाई समात्न जान्छु। तर धेरै मान्छेले उनलाई भने: तपाईं नजानुहोला। नत्र तपाईं त्यसको तातो रापले पोलेर मर्नुहुने छ। तर ख्वा फूले भने:केही छैन। म सबैको सुखका लागि अवश्य जानुपर्छ।

ख्वा फू सूर्य उठाउने दिशातिर हावा जस्तै दौडे। सूर्य त आकाशमा पहिलेको जस्तै गतिमा गैरहेको छ। ख्वा फूका पाइला पनि सक्दो छिटो चलिरहेका छन। उनका पाइलाले पृथ्वीमा भुइँचालो उत्पन्न गराएको जस्तो लाग्यो। ख्वा फूको जुत्तामा टाँसिएको माटो निकालेपछि त्यस माटोबाट सानो पहाडै बन्यो।

केही समयपछि ख्वा फू र सूर्य बीचको फरक झन-झन सानो कम भयो। अन्त्यमा ख्वा फूले सूर्यलाई अस्ताउने बेलामा भेटे। ख्वा फू खुशी हुँदै सूर्यलाई अँगाल्ने विचार गरे। तर सूर्य निकै तातो भएका कारण ख्वा फूलाई निकै गर्मी भयो र तिर्खा पनि लाग्यो। उनले सासै नफेरीकन एकै सासमा व्हान हो नदीको पानी सुकाइदिए। त्यसपछि उनी वै श्वै नदीमा पुगी त्यहाँको पानी पनि सबै खाए। उनी फेरि अर्को स्थानमा पानी खान गए। तर बाटामै उनको मृत्यु भयो।

उनी मर्नलागेको बेलामा पनि आफ्नो समूहका मानिसहरुलाई सम्झेका थिए। उनले आफ्नो हातमा लिएको लट्ठी टाढा फ्याँके। त्यो लट्ठी खसेको ठाउँमा छिटै एउटा आरुको रुख उम्य्रो।

यस कथामा चिनियाँ पुर्खाहरुको सुख्खामाथि विजय हासिल गर्ने आकाँक्षा प्रदर्शित गरिएको छ। ख्वा फू मरे तापनि उनको भावना अहिलेसम्म पनि जीवितै छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान