नेपाली भाषा

न्यु वाद्बारा मान्छे बनाइएको कथा

   

ग्रीसको कहानी, आदिमकालीन इजिप्टको कहानी र यहुदीको कहानीमा देवताले मानिसलाई बनाएको कुरा उल्लेख गरिएको छ। अनि चिनियाँ कहानीमा लोग्ने मान्छे र स्वास्नी मान्छेलाई कसरी बनाइयो त भन्ने बारेमा उल्लेख गरिएको छ। प्राचीनकालको भनाइ अनुसार न्यु वा नामकी एउटी

देवीले मानिस बनाएकी थिइन। उसको शरीर मान्छेको र पुच्छर नागको थियो।

चिनियाँ कहानीको अनुसार फाङ्ग कु नामका महा-बहादुरले विश्वको सिर्जना गरेपछि न्यु वा आकाश र भुइँमा यता-उता घुमिरहेकी थिइन। त्यस बेला पृथ्वीमा हुन त घाँस, रुख, पहाड, नदी, चरा, जनावर, किरा र माछा देखा परेका थिए, तर प्राणीहरु थिएनन। त्यस बेला त्यहाँ मानिस थिएनन। यसैले न्यू वा देवीलाई एक्लोपन अनुभव भयो।

न्यु वाले पृथ्वीमा विचरण गर्दा-गर्दै विचार गरिन। घाँस र रुखको तुलनामा मलाई चरा, जनावर, किरा र माछा जस्ता लचिलो प्राणी झन मन पर्छ। उनले फाङ्ग कुले सिर्जना गरेका बुद्धि कम भएका चरा र माछाजस्ता प्राणीहरुलाई हेरेपछि आफूले यी प्राणीहरुको तुलनामा झन् उत्कृष्ठ प्राणीको सिर्जना गर्ने निर्णय गरिन।

उनी व्हाङ्ग हो नदीको किनारमा सयर गर्दा आफ्नो सुन्दर छायाँ देखिन् र उनलाई खुशी लाग्यो। उनले व्हाङ्ग हो नदी मुनिको माटोले आफ्नो आकारबमोजिमको प्राणी बनाउने निर्णय गरिन। केही क्षणमै उनले आफूजस्तै धेरै माटोका प्राणी बनाइसकिन । तर ती माटोका प्राणीहरुका खुटा थिए, नागकोजस्तो पुच्छर थिएन। न्यु वाले ती माटाका प्राणीको जीउमा सास भरिन। ती माटाका प्राणीहरु तुरुन्तै जीवित बने। तीनीहरु उभिन, हिंड्न र बोल्नसक्ने मान्छे बने। तीनीहरु निकै चलाख र फुर्तिला थिए। न्यू वाले तीनीहरुलाई मान्छे भनिन। न्यू वाले तीमध्येका कुनै मान्छेलाई भाले र कुनै मान्छेलाई पोथी बनाइन्। भालेलाई लोग्ने मान्छे र पोथीलाई स्वास्नी मान्छे भनिन। ती मान्छेहरुले विश्वका लागि लचिलो बातावरण तयार पारेका छन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान