नेपाली भाषा

पाँचवटा पहाडको कथा

   

मानव जातिको पुर्ख्यौली देवी न्यु वाले मानिसलाई बनाएपछि संसारमा निकै शान्ति थियो। तर एक दिन आकाश र भुइँ बीच एक-अर्कासँग ठोक्किएका थिए। परिणामस्वरुप आकाश फाट्यो। भुइँ पनि तल खस्यो। जमीनको केन्द्रबाट भयङ्कर अग्नि-ज्वाला निस्क्यो र वनमा जताततै आगो लाग्यो जतिततै बाढी आयो। भूत र हिंस्रक जनावरले यस्तो अवस्थामा मानिसहरुलाई पनि मार्नथाले।

देवी न्यु वाले मानिसहरुले "गुहार, गुहार" भनेको आवाज सुनेर उनी मानिसहरुको सहयोग गर्नगइन। उनले सबैभन्दा पहिले भूत र हिंस्रक जनावरलाई मारिन र बाढी नियन्त्रण गरी फुटेको आकाशलाई मरम्मत गर्नथालिन। त्यसका लागि उनी नरकट र दाउरा खोज्न गइन।

उनले टिपेका नरकट र दाउराको उचाइ आकाश जति अग्लो थियो। उनी ती नरकट र दाउरा फुटेको आकाशनेर राखेर आकाशको रंगजस्तै नीलो ढुंगा खोज्नगइन्। नीलो रंगका ढुंगा नपुगेका कारण उनले सेता, पहेला, राता र काला रं‍गका ढुंगा पनि टिपेर दाउरामाथि राखिन। त्यसपछि उनले जमीनमुनिबाट दन्दनाएर निस्किरहेको आगोमा दाउरा राखिन। आगोको रापले गर्दा ती पाँच रंगका ढुंगा पग्लिए। ती पग्लिएका ढुंगाको घोलआकाश फुटेर बनेको चिरामा पर्‍यो। दाउरा बलेर सिद्धिने बेलासम्म फुटेको आकाशको मरम्मत मरम्मत भैसकेको थियो।

हुन त फुटेको आकाशको मरम्मत भइसकेको थियो। तथापि त्यसको आकार पहिलेको आकाशको जस्तो जस्ताको तस्तै हुनसकेन। उत्तर र पूर्वी दिशा दक्षिण र पश्चिमी दिशाको तुलनामा अलि होचा थिए। यसैले सूर्य र चन्द्रमा दक्षिण-पश्चिमी दिशातिर खस्छन्। दक्षिण-पूर्वी दिशातिरको भुइँमा एउटा गहिरो खाल्डो थियो। साना र ठूला नदिको पानी सबै यसै खाल्डोमा खस्थ्यो। त्यो पानी जम्मा हुँदाहुँदै लामो समयपछि दक्षिण-पूर्वी दिशामा समुद्र देखा परेको थियो।

पो हाई समुद्रको पूर्वी क्षेत्रमा पानीमुनिको जमीन देख्न नसकिने एउटा निकै गहिरो नदी थियो। यसको नाम "क्वै श्यु " थियो। आकाशबाट जमीनमा खसेको पानी वा समुद्रको पानी सबै "क्वै श्यु" मा बग्नेगर्दथ्यो। तर जति पानी बगे तापनि त्यसमा भएको पानीमा कहिल्यै पनि बढी वा कमी भएको देखिएन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान