माटाकै घर भनेको माटाका भित्ता भएको माटो र काठले बनाइएको घर हो। यस्ता घर चीनको दक्षिण-पूर्वी भागमा पर्ने फु चेन प्रान्तको दक्षिण-पश्चिमी क्षेत्रमा बसोबास गर्ने खच्याबासीहरुका गाउँमा देख्नपाइन्छ। त्यसलाई "खच्याबासीका माटे घर" पनि भनिन्छ।
सामान्यतया माटे घर आकारमा गोलाकार, चौकोसे, आयतन, अर्ध गोलाकार, लाम्चो गोलाकार, पाँच कुने, ताउ धर्मका आठ रेखाचित्र वा अनियमित आकारका हुन्छन्। गोलो माटाको घर खच्याबासीहरुले आत्म-सुरक्षाका लागि बनाएको कैयन तला भएको एक सिलबन्दी ढाँचे आवास हो। त्यसको बाहिरी भित्ता एक मीटरभन्दा बाक्लो माटोलाई बेस्सरी पिटेर बनाइएको हुन्छ। त्यस्ता घरमा सामान्यतया एक चक्रभित्ता मात्र बनाइएको हुन्छ। तर कुनै-कुनै ठाउँमा दोश्रो चक्रभित्ता वा तेश्रो चक्रभित्ता, अझ कहाँसम्म भने एक अर्कासित जोडिएका धेरै चक्रभित्ताहरु पनि बनाइएका हुन्छन। भित्ताको भित्रपट्टि बनाइएका ती माटे-घरहरु दुइ तलादेखि चार तलासम्म विभिन्न अग्लाइका हुन्छन्। तिनीहरु प्रायजसो तीन तलाका हुन्छन। गोलाकार ती घरहरु बीच
तिनीहरु प्रायजसो तीन तलाका हुन्छन। गोलाकार ती घरहरु बीच एउटा ठूलो गोलो आँगन हुन्छ। त्यसमा पक्कै पनि पानी कुवा हुनैपर्छ। सिंगै गोलाकार घरको एउटा मूल ढोका मात्र हुन्छ। घरको भुइँतलामा भान्साघर हुन्छ। बाहिरपट्टि झ्याल हुँदैन। दोश्रो तलामा अन्नपात र कृषि औजारहरु जस्ता घरका लागि उपयोगी सामानहरु राखिन्छ। केही घरको दोश्रो तलामा झ्याल राखिएको पनि देखिन्छ। तेश्रो तलाभन्दा माथिका कोठाहरु सुत्नका लागि उपयोगमा ल्याइन्छ। माटे घरका सबै बरन्डाहरु खुला हुन्छन, जुन त्यहाँ बस्ने सबैको उपयोगका लागि हो। सबै