नेपाली भाषा

ती सी भन्ने भुइँमा अभिनय गरिने ओपेरा

   

ती सी भन्ने भुइँमा अभिनय गरिने ओपेरा दक्षिण-पश्चिमी चीनको व्कै चौ प्रान्तका धेरै ठाउँहरुमा व्यापक रुपमा प्रचलित छ। त्यो खासगरी आन शुन भन्ने ठाउँमा केन्द्रित छ। वसन्त चाडपछि युआन श्याओ भन्ने दिपावली चाडसम्मको पन्ध्रौं दिनभित्र आन शुन जिल्लाका गाउँ-घरहरुमा जताततै आफैले रचेको र आफैले अभिनय गरेको युगौंयुगदेखि चलिआएको ती सी अर्थात् भुइँमा अभिनय गरिने ओपेरा देख्नपाइन्छ। ती सी ओपेरामा अभिनय गर्नुको मुख्य उद्देश्य चाशिन भूत-पिसाचलाई भगाउन र प्रकोपबाट जोगाउनका लागि हो। यसका साथै यो मन बहलाउनका लागि पनि हो। ती सी ओपेराले लडाइँ सम्बन्धी विषय मात्र देखाउने गर्दछ। जस्तो कि "तीन अधिराज्यको कल्पित कथा", "सुइ वंश र थाँग वंशका कथा", "चौ वंशका राजाको कथा", "सुंग वंशका देशभक्त याँग थर परीवारका जनरलहरुको कथा" आदि समावेश छन्। अभिनयमा अनेकन् नीलो अनुहार र लामा-लामा दाँत निकालिएका पात्रहरु पनि थपिएका छन। यसको अर्थ भूत-पिसाचलाई पन्छाउने र भगाउने वातावरणलाई अरु सुदृढ पार्नु हो। दर्शकहरुले ओपेराको रस लिंदा अभिनेता-अभिनेत्रीले लगाएको मुकुण्डोबाट पनि आनन्द र मजा लिन पाउँछन्।

ती सी भन्ने भुइँमा अभिनय गरिने ओपेरा

(चित्र:ती सी भन्ने भूइंमा अभिनय गर्ने अपेरा)

यस चित्रमा देखाइएको पात्र एकजना सशस्त्र जनरल हो। त्यसको टाउको र हेलमेट एकैसाथ कुँदिएको हो। फेरि हेलमेटको दुबैपट्टि सजाउने पखेटा जस्ता पाता हल्लाउन सकिन्छ। त्यसको कुँदाइ अलि बढेचढेको उताउलो हुनुका साथै सूक्ष्म पनि देखिन्छ। विशेष गरी अभिनय गर्नेको आँखीभौं, आँखा र मुखनिर कोरिने बुट्टाहरुबाट त्यहाँको ती सी ओपेराको छुट्टै विशेषता प्रतिबिम्बित भएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान