नेपाली भाषा

चीनको लोक कागज-कर्तन

   

परम्परागत वसन्त चाडका अवधिमा चीनका सबै क्षेत्रहरुमा कागज काटेर बनाइएका विभिन्न आकृतिहरु टाँस्ने परम्परा रहिआएको छ। झ्यालमा, ढोकामा वा टेबुलछेउको भित्तामा टाँसिने विभिन्न किसिमका कागजका बुट्टाहरुले चाडबाडका बेला झन् मंगलमय र खुशीयालीको वातावरण ल्याउने काम गर्दछन।

कागज-कर्तन चीनमा सबैभन्दा बढी प्रचलित लोक-कलाहरुमध्येको एक हो। चीनमा कागज-कर्तन कहिले शुरु भएको हो भन्ने कुरा पत्तो लगाउन निकै गाह्रो पर्छ। एक भनाइअनुसार, कागज-कर्तन प्राचीन कालमा गरिने कधार्मिक गतिविधि र पूजा-आराधनाका सँस्कारमा प्रयोग गरिने कर्मबाट थालिएको थियो। आदिम कालका मानिसहरुले कागज काटेर बनाइएका विभिन्न रुप-आकारका जनावर र मानिसहरुलाई मृतकसँगै गाड्ने वा गाड्नुभन्दा अघि आयोजित संस्कारमा जलाउने चलन थियो। जसबाट ती कागजी जनावर वा मानिसहरुले मृतकलाई साथ दिन सकुन। तर पछि गएर आजभन्दा एक हजार वर्ष अघिदेखि कागज-कर्तनलाई सजीसजाउ र ढाँचा-बनावट कलाको बढी प्रयोगमा ल्याउनथालिएको थियो। ऐतिहासिक पुस्तकमा लेखिएअनुसार, थाँग वंशका महिलाहरुले कागज-कर्तनलाई टाउकाको गहनाको रुपमा बनाएका थिए भने कसै-कसैले त कागज-कर्तनलाई वसन्तमा उड्ने पुतली ठानेर यसालई वसन्तको स्वागत गर्ने चलन बनाएका थिए। बाह्रौं शताव्दीमा सोंग वंशकालमा कसै-कसैले कागज-कर्तनलाई उपहारका रुपमा बनाएका थिए भने कसै-कसैले यसलाई ढोका र झ्यालमा टाँस्ने अथवा सजाउनका लागि भित्तामा, ऐनामा वा लाल बाल्टिनमा टाँस्ने गर्दथे। यसका साथसाथै कागज काट्ने पेशामा रहेका कलाकार पनि देखापरे।

कागज-कर्तन चोखो हस्त-निर्मित वस्तु हो। गैर-इलमी व्यक्तिका लागि एउटा कैंची र एउटा कागज मात्र भएपछि पुगिहाल्यो। त्यसैले सिक्न निकै सजिलो हुन्छ। तर इलमी व्यक्तिलाई भने जटिल बुट्टा बनाउनका लागि भिन्ना-भिन्नै किसिम र ढाँचाका कैंची र चक्कुहरु चाहिन्छ। कागजमा बुट्टा काट्दा एउटै कागजमा एउटै मात्र बुट्टा काटे पनि हुन्छ एकै चोटी धेरै कागजलाई काटेर धेरै बुट्टा काट्न पनि सकिन्छ। सरल र सजिलो बुट्टा त्यसै मनमा सोचे अनुसार सीधै कागजलाई काटेर निकाल्न सकिन्छ। तर जटिल बुट्टा काट्दा सामान्यतया बुट्टाको नमुना कागजमा छापेर दशौंवटा ठूला साना चक्कुहरुबाट उचित ढाँचाका चक्कुहरु छानेर त्यो बुट्टा कुँदेर निकाल्ने गरिन्छ। कुँद्‍दा अलिकति पनि गल्ती गर्नुहुँदैन। नत्र भने सम्पूर्ण काम बेकार हुनसक्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान