नेपाली भाषा

चीनको वसन्त चाडको बेला टाँस्ने काठमा खोपेर बनाइएको साँचोबाट छापिएको चित्रकारी

   

बुट्टा वा अरु लेखे-पढेकाहरुले लेखेका चित्रहरु अझ कहाँसम्म भने पश्चिमी शैलीमा कोरिने चित्रहरुमध्येका राम्रा कुराहरुलाई पनि भित्र्याएर काठमा खोपेर बनाइएको साँचोमा चित्र छापिने प्रविधिको प्रयोग गर्दै विशेष ढाँचा र शैलीको सिर्जना गरिएको थियो।

चीनको सन् 1368-1644 मा पर्ने मिंग वंशको अन्तदेखि सन् 1368-1911 मा शासन गर्ने छिंग वंशसम्मको अवधिमा वसन्त चाडको बेला टाँस्ने चित्रको विकास चरम चुचुरोमा पुगेको थियो जुन सर्वसाधारणहरुलाई एकदमै मन पर्ने लोकप्रिय चीज बन्नपुगेको थियो। ती रंगीविरंगी चित्रहरु रमाइलो र मंगलमयको भाव र खुशी आनन्दले भरिपूर्ण रहेका देखिन्थे। तिनका विषयवस्तुहरु पनि विविधतापूर्ण थिए। यसमध्ये बढी देखिने "छुन न्यौ थु अर्थात् वसन्त ऋतुमा गोरु चराउने चित्र", "नेन नेन यौ यू अर्थात् वर्षैपिच्छे माछा छ, चिनियाँ भाषामा माछाको भिन्नार्थ शब्द बचत हो त्यसैले त्यसको अर्थ हरेक वर्ष धन-सम्पत्तिको बचत होस् भन्ने हुन्छ। "ऊ कु फंग तंग अर्थात् बमफसल भित्र्याइयोस्" भन्ने हो। यसै अवधिमा चीनमा चोखो स्थानीय विशेषतायुक्त वसन्त चाडमा टाँस्ने काठमा खोपेर बनाइएको साँचोमा छापिने चित्र बनाउने केन्द्र देखापरेका थिए। चीनमा यस्तो चित्र बनाउने तीनवटा ठाउँ नाउँ चलेका छन्। ती हुन् थेन चिन शहर नजिकै पर्ने याँग लिउ छिंग चित्र, सु चौ शहरको थाउ व्हा ऊ चित्र र शान तोंग प्रान्तको याँग च्या फु चित्र। छिंग वंशको अन्तिम कालमा पश्चिमी देशहरुबाट ढुंगामा खोपेर छापिने चित्रको प्रसार भएपछि विभिन्न ठाउँका काठमा खोपेर छापिने चित्र विस्तारै-विस्तारै हराउँदै गयो।

चीनको वसन्त चाडको बेला टाँस्ने काठमा खोपेर बनाइएको साँचोबाट छापिएको चित्रकारी

चीनको वसन्त चाडको बेला टाँस्ने काठमा खोपेर बनाइएको साँचोबाट छापिएको चित्रकारी

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान