चीनको वसन्त चाडको बेला टाँस्ने चित्रकारीको दीर्घकालीन इतिहास रहिआएको छ। जुन इशापूर्व 206 सालदेखि सन् 220 सालसम्म शासन गर्ने चीनको हान वंशकालमा भूत-पिशाचलाई तर्साउने उद्देश्यले ढोकाको दुबैतिर टाँस्ने "थाउ फु" भनिने तन्त्रमन्त्रसहित चित्रदेखि शुरु गरिएको थियो।
सन् 960-1279 मा चीनमा शासन गर्ने सोंग वंशमा काठमा खोपेर बनाइएको साँचोबाट तस्वीर छाप्ने प्रविधिलाई वसन्त चाडको बेला टाँस्ने चित्रकारी बनाउनका लागि प्रयोगमा ल्याइएको थियो। एउटै साँचोबाट थुप्रै चित्र छाप्न सकिन्थ्यो र बजारमा लगेर बेच्न सकिन्थ्यो। त्यसैले काठमा खोपेर बनाइएको साँचोबाट छापिने तस्वीरको शुरुवात भएर त्यसको तिव्र विकास हुनसकेको थियो।
सोंग वंशदेखि काठमा खोपेर बनाइएको साँचोबाट छापिने तस्वीरको विषयवस्तुको हकमा प्रकृतिभक्त र देवताभक्तबाट विस्तार भएर सुख आनन्द, मंगल खुशीतर्फ मोडिएको थियो। र यसको सिलसिलामा झन् अगाडि बढेर त्यो ओपेरा, कथा, चालचलन र रितिस्थितिसमेतसित आबद्ध हुनपुगेको थियो जसमा किसानवर्गको भाव र मनोकांक्षा प्रतिबिम्बित भएको छ। ती चित्रहरुको आ-आफ्नै अर्थ भएपनि यसबारे अक्षरहद्बारा व्याख्या गर्नुपर्दथ्यो। यो नै चिनियाँ अक्षरमा विशेष पाइने भिन्नार्थ हो। उदाहरणका लागि एउटा चमेरोको चित्र छ, चमेरोलाई चिनियाँ भाषामा " पेन फु" भनिन्छ। त्यसको भिन्नार्थ शव्द " फु" अर्थात् सुख हो। फेरि अर्को उदाहरण मगपी चरा अर्थात् सगुन चराको चित्र छ, मगपी चरालाई चिनियाँ भाषामा "सी छयुए" भनिन्छ। त्यसको भिन्नार्थ शव्द" सी "हो जसले खुशी र मंगलमय होस भन्ने अर्थ दिन्छ। चित्र कोर्ने तरीकाको हकमा त्यो खास गरी लोक-दुनियाँमा प्रचलित चित्र कोर्ने तरीका अपनाएर परम्परागत