ती सी भन्ने भुइँमा अभिनय गरिने ओपेरा

   

लोक कलाकारहरुले ती सी ओपेराका पात्रहरुलाई निजामती जनरल, सशस्त्र जनरल, युवा जनरल, बृद्ध जनरल र महिला जनरलमा विभाजित गरेर फरक-फरक मुकुण्डो दिएका छन जसलाई "पञ्चढाँचे अनुहार " भनिन्छ। ती पात्रहरुले लगाएका हेल्मेट र हेल्मेटका दुबैपट्टि सजाइएका पखेटाजस्ता पाता भनेको त्यही आन शुन क्षेत्रको स्थानीय ती सी ओपेराको छुट्टै विशेषता हो। पुरुष जनरलको हेल्मेटको दुबैतिर प्रायजसो सममीताकारमा रहेका ड्रेगनले सजाइएको छ जुन ओपेरामध्येको पात्रको फरक हैसियत र पद अनुसार चार-पाँच जोडीको वा बढीमा नौ जोडीको हुनसक्छ।

महिला जनरलको हेल्मेटमा भने प्रायजसो फिनिक्सको बुट्टाले सजाइएको हुन्छ। ती बुट्टाहरुमा "दुइवटा फिनिक्स र एउटा सूर्य"," प्याउनी फूलमाझ उडिरहेको फिनिक्स" आदि छन्। कुनै-कुनैमा माहुरी र पुतली जस्ता विभिन्न बुट्टाहरुले पनि सजाइएका छन्।

यस चित्रमा प्रदर्शित कालो अनुहारमा रहेको सशस्त्र जनरलको निधार पोटिलो, आँखीभौं भएको ठाउँको हाड उठेको, दुवै आँखा डल्ला र तेजिला र नाक एकदमै ठूलो देखिन्छ। एकदमै ठूलो, गोलो र बाहिर उठेको उनका आँखाका नानीबाट डरलाग्दो र शक्तिशाली, जंगली, साहसी, प्रतिष्ठित र सोझो स्वभाव र चरित्र भएको सशस्त्र जनरलको मापदण्ड प्रष्ट्याइएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान