नेपाली भाषा

लट्ठीद्बारा नचाइने कठपुतली

   

लट्ठीद्बारा नचाइने कठपुतलीलाई चीनको प्राचीन कालमा "लट्ठीमा अड्याइने भाडाका टट्टू" भनिन्थ्यो। त्यसको अर्थ काठे लट्ठीलाई नचाएर गरिने अभिनय हो। त्यस कठपुतलीको भित्र रितो हुन्छ। तर आँखा र मुख चल्न सक्छन। गर्दनमुनि एउटा काठे लट्ठी वा बाँसको नली जोडिएको हुन्छ। नचाउने मानिसले एउटा हातले दुइवटा नियन्त्रण लट्ठीलाई घुमाएर अभिनय गरेका कारण यसलाई "उठाउने कठपुतली" पनि भनिन्छ। ती ठूला, मझौला र साना गरी तीन किसिमका हुन्छन्। त्यस बाहेक ती फरक-फरक ठाउँमा फरक-फरक विशेषतायुक्त छन।

चित्रमा देखिने यो लट्ठीद्बारा नचाइने कठपुतली काठले कुँदिएका हुन्छन। त्यसको सतहमा रंग लगाइएको हुन्छ। त्यसका आँखा यता उति चल्न सक्छन। त्यसको रुप-आकार अपेराका पात्रहरुसित मिल्छ अर्थात् एउटा मसखरा पात्रको टाउके रुप हो। त्यसका दुइवटा आँखा उताउलो गरी एकदमै ठूलो पारिएको छ। जसमा सेतो बढी देखिन्छ र आँखाको कालो नानी भने एकदमै सानो छ। नाक चेप्टो र फराकिलो छ। दुबैतिरका आँखीभौं उल्टो भएर तलतिर झरेका छन। मुख पनि तलतिर तन्किएको छ र त्यसका जुँगा बीचमा नजोडिई दुबैतिर लम्बिएका छन। सिंगै अनुहार छोटो र गोलो देखिन्छ। यसमा धेरै किसिमको रंग लगाइको छैन। पींधमा सेतो रंग लगाइएको छ भने जुँगा-दारी, आँखाको नानी र आँखी भौंमा कालो रंग लगाइएको छ। कुँदाइको सन्दर्भमा आँखाको नानी र नाकको पुल डाँडी कुँद्दा अलि बढी समय खर्च गर्नु बाहेक अरु सबै भाग सरल र छरितो किसिमको देखिन्छ। यस मजा लाग्दो र जीउँदो-जाग्दो काठे-टाउके कठपुतली देख्नासाथ यसलाई नचाउँदा अभिनय गर्दा कति रमाइलो लाग्ला भनेर सजिलैसँग अनुमान गर्न सकिन्छ।

लट्ठीद्बारा नचाइने कठपुतली चीनका धेरै क्षेत्रहरुमा प्रचलित छन। त्यसको आ-आफ्नो फरक-फरक शैली र विशेषता छ र फरक-फरक नाम पनि छ। उत्तर-पश्चिमी चीनमा यसलाई "लट्ठी खेलाउने", दक्षिण-पश्चिमी चीनमा यसलाई " काठे खप्पर अपेर" र दक्षिणी चीनको क्वाँग तोंग प्रान्तमा यसलाई " उठाउने अपेरा" जस्ता नाउँ दिइएको छ। विभिन्न ठाउँका काठे टाउके कठपुतलीको रुप-आकार, बुट्टा कोरिएको अनुहार, सजावट, कुँद्ने कला र अभिनयको शैलीले तत्तत स्थानीय ओपेरा र गाउने तरीकासित गाँसेर आ-आफ्नो विशेषता देखाएको छ।

लट्ठीद्बारा नचाइने कठपुतली

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान