नेपाली भाषा

छालाको छाँया चित्रित गर्ने ओपेरा(तीन)

   

"हँसिलो मुद्रामा कपाल कोरेकी केटी" भन्ने यस चित्रले एउटी सुन्दरी केटीले ऐनाका अगाडि बसेर कपाल कोरिरहेको र सिंगार-पटार गरिरहेको दृश्य देखाएको छ। छालाको छाँया चित्रण गर्ने कलाकर्मीहरुले ज्यादै वुद्धिमानी तरिकाले सुन्दर केटी कपाल कोर्दा ऐनाभित्रको आफ्नो रुप र बाहिरको सक्कली मानिस बीच एक-अर्कासित मिल्ने गरी देखिने दृश्य अभिव्यक्त गरेका छन्। अभिनय गर्दा ती दुबैको समान नचाइबाट झन् ती कलाकर्मीहरुको उच्च शीप प्रष्ट्याइएको छ। वल्लो शान्सी प्रान्तको शैलीयुक्त छालाको छाँया चित्रित ओपेराका बुट्टाहरु सूक्ष्म र चिटिक्क परेका हुन्छन। रंगीचंगी टेबुल, कुर्सी, बाकस, दराज तथा प्राचीन भाँडा-कुँडाहरु पनि बाक्लो-पातलो मिल्ने गरी कोरिएका छन जुन निकै वास्तविक र देखिन्छ। त्यो केटीको पोशाक, टेबुल र बेन्चका बुट्टाहरु एकदमै राम्ररी र सूक्ष्मताका साथ कोरिएका छन्। त्यो देखेर मानिसहरुलाई साँच्चै नै श्याबास नभनी नहुने अवस्था छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान