नेपाली भाषा

छालाको छाँया चित्रित गर्ने ओपेरा(तीन)

   

उत्तर-पूर्वी चीनको वल्लो शान्सी प्रान्तको छालाको छाँया चित्रित ओपेरा निकै जोशिलो र सुव्यवस्थित हुन्छ। त्यसको कलात्मक शैली र पद्धति पल्लो शान्सी प्रान्तको छाले छाँया चित्रित ओपेरासित मिल्छ। चक्कुको सट्टा कालो धागोले लाइन कोरिन्छ। पात्रमा सजाइने एकदमै कुँद्न गाह्रो पर्ने स-साना वस्तुहरु निकै सूक्ष्मताका साथ र चिटिक्क पर्ने गरी कोरिएको छ। त्यसमा लगाइने रंगहरु स्वयम् कलाकर्मीहरु आफैले बनाएका रातो, हरियो र खुर्पानी पहेंलो आदि हुन्। त्यस्ता रंगहरु उज्यालो, ताजा र शोभायमान देखिन्छन। यस्ता रंग लामो समयसम्म जस्ताको तस्तै रहन सक्छन।

छालाको छाँया चित्रित गर्ने ओपेरा(तीन)

वल्लो शान्सी प्रान्तको दक्षिणी भागको छालाको छाँया चित्रित ओपेरामा विभिन्न परम्परागत लच्छिन सूचक बुट्टाहरु, प्रायजसो पात्रहरु र प्रयोग गरिने साधनहरुमा देख्न पाइन्छ। जस्तो कि फू लू शौ अर्थात् सुख, पदाधिकारी र चिरायु, छोराले राष्ट्रिय परीक्षामा प्रथम स्थान पाएको, हलो ताराको प्रथम तारा बन्ने, आठजना देवी-देवताले जन्म दिनको शुभकामना दिने, छी लिन कहलिने एक सिंगे कल्पित घोडाले छोरालाई प्रदान गरेको र बारम्बार छोरो जन्माउने जस्ता आशीर्वादसहितका बुट्टाहरु समावेश छन्। पात्रका पोशाकहरुमा पनि विभिन्न घर-भवन तथा भाँडा-कुँडामा अङ्कित परम्परागत बुट्टाहरु कोरिएका छन्। जस्तो कि यसमा......भन्ने अक्षर नचुँडिने गरी कोरिने, वर्षैपिच्छे धनी बन्ने र उच्च ओहदामा बस्ने, सबै कुरा चिताए झैं पुग्ने र लामो आयू हुने जस्ता बुट्टाहरु पर्दछन्।

छालाको छाँया चित्रित गर्ने ओपेरा(तीन)

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान