नेपाली भाषा

छालामा छाँया चित्रित गर्ने ओपेरा(एक)

   

(चित्र:यू व्हाँग ता ती अर्थात् देवताका राजा. थाइ शाङ्ग लाउ च्युन् अर्थात् चीनको ताउ धर्मका संस्थापक एवम् वसन्त-शरद्‍ कालका महान् विचारक लाउ च(कुंदाई.गोरुको छाला, कान सु प्रान्तको लोंग तोंग जिल्ला)

 एक चित्रमा रहेका दुइवटा रचनाहरुमध्ये बाँयापट्टिका जेड सम्राट, चीनको ताउ धर्म अनुसार सबैभन्दा शक्तिशाली र ठूलो अधिकार भएको देवताका राजा हुन् र दाँयापट्टिका थाइ शाङ्ग लाउ च्युन् अर्थात् चीनको ताउ धर्मका संस्थापक एवम् वसन्त-शरद्‍ कालका महान् विचारक लाउ चका टाउको अंकित छालाको छायादर्शन हुन। तिनको कुँदाइ मसिनो र जटिल छ। चित्र जीवितजस्तो देखिन्छ। रातो, पहेंलो, कालो र हरियो रंग प्रधानतामा रहेको ती बुट्टाका रेखाहरु एक-अर्कासित जोल्टिएर लुटपुटिएका जस्ता देखिन्छन् र हेर्दा एकदमै टन्न र भरिपूर्ण भएका देखिन्छन। जेड सम्राटको चित्र सकारात्मक तरीकाद्बारा कुँदिएको हो। त्यसको आँखा मसिना र लामा, मुख सानो र नाक ठाडो भएकाले त्यो एकदमै उदार र शान्त देखिन्छ भने थाइ शाङ्ग लाउ च्युनको चित्र नकारात्मक तरीकाद्बारा कुँदिएको छ। त्यसका आँखा गोला, खाल्डो परेका र डल्लो नाक, उठेको निधार तथा टोपी र गहनाहरु टाउकाको पछाडिपट्टि ठेलिएकाले त्यो एकदमै तकडा र फुर्तिलो देखिन्छ।

छालाको छायादर्शन ओपेराले अभिनयबाट दर्शकहरुले कस्तो प्रतिक्रिया जनाउने भन्ने कुरालाई निकै महत्व दिएको छ। यस्तो छाँया-दर्शन ओपेराका पात्रहरुका सबै अंग-प्रत्यंगहरु चल्नसकेका र चलाउने मान्छेले छेउमा सुरिलो स्वरमा गाएकाले त्यो गाढा स्थानीय विशेषता भएको र लोक-दुनियाँको गाउँले वातावरणमा डुबेको जस्तो देखिन्छ।

छालामा छाँया चित्रित गर्ने ओपेरा(एक)

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान