नेपाली भाषा

छालामा छाँया चित्रित गर्ने ओपेरा(एक)

   

(चित्र):लो थोंग नाम गरेको एकजना प्राचीन जनरलले उत्तरी भागमा लडाइँ गरिरहेको देखाइएको छ। गोरुको छाला. कुँदाई, कान सु प्रान्तको लोंग तोंग जिल्ला))

 लोंग तोंग नामक छालाका छाँया-चित्रित ओपेराले थुप्रै कथाहरु देखाउँछ। ती चित्रहरुमध्येको एक लो थोंग नाम गरेको एकजना प्राचीन जनरलले उत्तरी भागमा लडाइँ गरेको कथा चीनको स्वै वंश र थाङ्ग वंशको इतिहास सम्बन्धी कथामध्येको एक भाग हो। त्यो चित्रका पात्र र हतियारहरुको सूक्ष्म र मसिनो कुँदाइ हेरेपछि मानिसहरुले त्यो देखाउँदा कति मजा लाग्दो र त्यसको कथा कति आकर्षक होला भनेर अनुमान गर्न सक्दछन्। तिनका बुट्टाहरु निकै मन लगाएर सजाइएका छ्न्: ठीकसँग विभिन्न रंगको प्रयोग गरिएकाले निकै उज्यालो र फुर्तिलो देखिन्छ। साथै छाँया-चित्रित पात्रहरुका अंग-प्रत्यंगहरुको एक-अर्कासित जोडिने र छुट्टिने तरिका एकदमै उचित भएकाले चलाउँदा निकै जीउँदो-जाग्दो देखिन्छ। यसबाट शक्तिशाली र साहसी हुनुका साथै कोमल स्वभाव पनि प्रदर्शित गरिएको छ र सुव्यवस्थित कलात्मक शैली प्रदर्शित गरिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान