नेपाली भाषा

छालामा छाँया चित्रित गर्ने ओपेरा(एक)

   

छालामा छाँया चित्रित गर्ने ओपेरा चीनको लोक कलाको एक भाग हो। उत्तर-पश्चिमी चीनको कान सु प्रान्तको लोंग तोंग नामक छालाको छाँया दर्शन मुख्य गरी फिंग ल्याङ्ग जिल्ला र छिंग याङ्ग जिल्लामा प्रचलित छ। त्यो खासगरी पल्लो शान्सी प्रान्त र निंग स्या व्है जातीय स्वायत्त प्रदेशसित जोडिने त्रिकोण क्षेत्रमा केन्द्रित रहेको छ।

लोंग तोंग नामक छालाको छाँया चित्रित ओपेरा चीनको मिंग वंश र छिंग वंश (चौधदेखि उन्नाइस शताव्दीसम्म) कालमा नै अत्यन्तै प्रचलित हुनथालेको थियो। छालाको छाँया-दर्शनका पात्रहरु हेर्दा सुन्दर र फुर्तिला देखिन्छन्। तिनको रुपरेखा स्पष्ट र जीउँदो-जाग्दो देखिन्छ। यसबाट तिनको कुँदाइ एकदमै सूक्ष्म र पानी बगेको जस्तो भान हुन्छ।

लोंग तोंग नामक छालाको छाँया चित्रित ओपेराका लागि कालो रंग भएको कलिलो गोरुको छाला छान्ने गरिन्छ। किनभने त्यस्तो गोरुको छाला त्यतिको पातलो पनि हुँदैन र त्यतिको बाक्लो पनि हुँदैन अर्थात् ठीक्कको हुन्छ। त्यो कडा हुनुका साथै तन्किने खालको हुन्छ साथै कालो रंग भए पनि पारदर्शी हुन्छ। गोरुको छालालाई सफा हुने गरी कोतरेर घाम नलाग्ने ठाउँमा चहकिलो र पारदर्शी भएसम्म सुकाइएपछि प्रयोगमा ल्याउन सकिन्छ। सर्वप्रथम गोरुको छालामा चित्र कोर्ने, अनि ठूला-साना गरी विभिन्न सुहाउँदो चक्कुले कुँद्ने वा खोतल्ने र त्यसपछि तरल रंगले रंग-रोगन गर्ने, जुन रंग नमिसिएको कारण हेर्दा चोखो, उज्यालो, ताजा र विभिन्न रंग स्पष्टसँग छुट्याउन सकिने हुन्छ। रंग लगाइएपछि छालामा पानी छरेर इस्त्री लगाउने, यो सबैभन्दा महत्वपूर्ण र अप्ठ्यारो पनि एक काम हो। इस्त्री लगाएर सुकाएपछि ओपेराको कथा अनुसार छालाको पाता कसेर मञ्चमा देखाउने गरिन्छ।

छालामा छाँया चित्रित गर्ने ओपेरा(एक)

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान