नेपाली भाषा

यांग छिंग बाजा

   

चीनमा यांग छिंग बाजाको इतिहास चार सय वर्षभन्दा बढी पूरानो छ। यति समयमा चीनका बाजा-निर्माताहरुले अनुसन्धान गरी यांग छिंग बाजाका धेरै नयाँ ढाँचा तयार पारिसकेका छन। जस्तो स्वर-परिवर्तित यांग छिंग बाजा, धुन फेर्ने यांग छिंग बाजा, चन् यांग छिंग बाजा र इलेक्ट्रोनिक यांग छिंग बाजा आदि। यहाँनेर विशेष उल्लेखनीय बाजा इलेक्ट्रोनिक यांग छिंग बाजा हो। यस्तो यांग छिंग बाजामा बाजाको मुख्य भाग, गुन्जन बाकस, ध्वनिप्रसारक यन्त्र आदि भाग समावेश छन। त्यसलाई एक्लै पनि बजाउन सकिन्छ अनि अरु संगीत वा ओपेराका लागि साथ दिने बाजाका रुपमा पनि बजाउन सकिन्छ।

धेरै वर्षसम्मको विकासपछि चीनमा यांग छिंग बाजाको निर्माण, बाजा बजाउने कौशल वा संगीतको रचनामा चिनियाँ परम्परागत विशेषता वा चिनियाँ जातीय शैली तयार भइसकेको छ। हाल त्यो मानिसहरु मन पराउने बाजा बनिसकेको छ।

संगीत:《छुन् च्यांग नदीको बसन्त》

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान