नेपाली भाषा

व्हो पु स

   

व्हो पु स एक किसिमको प्राचीन औंलाले धकल्ने र तान्ने गरेर बजाउने बाजा हो। मंगोलियाली जातिका मानिसहरु त्यसलाई खूबै मन पराउँछन। बाजाको नाम अनुवाद गर्दा आवाजको विविधताका आधारमा मानिसहरु त्यसलाई "हाउ पि स""ह पि स" र "हु पा छ" आदि भन्नेगर्छन। तर ती सबै बाजा नै हुन। इसा पूर्व पहिलो शताव्दीमा उत्तरी चीनका बासिन्दाहरुले गु चन् बाजा र खोंग हौ बाजाको आधारमा व्हो पु स जस्तो नयाँ खालको बाजाको सिर्जना गरेका थिए।

परम्परागत व्हो पु स बाजाको आकार पन्यू जस्तै छ। त्यसको लम्बाई नव्वे सेन्टिमिटर छ र त्यसको टुप्पातिर बाङ्गो छ अनि अरु भाग सिधा हुन्छ। गोलो खालको गुन्जन बाकसलाई सर्पको छालाले ढाकिएको हुन्छ। त्यसमा तीन/चारवटा तारहरु हुन्छन। त्यो बाजा लामो र गुन्जन बाकस सानो भएकाले त्यसको स्वर उत्तरी चीनको घाँसे मैदानमा सुनिनेखालको उच्च शैलीको छ। व्हो पु स बाजा बजाउने तरिका अन्य प्लकिंग बाजाको जस्तै छ । यस बाजा तारलाई औंलाले धकलेर अनि तानेर बजाइन्छ। व्हो पु स बाजालाई सधै एक्लै बजाइन्छ। कहिलेकाहीं नाच-गानका बेलामा साथ दिने बाजाका रुपमा बजाइन्छ।

व्हो पु स

व्हो पु स बाजाको नाउँ तेह्रों र चौधौं शताव्दीमा प्रकाशित ऐतिहासिक कृति《युओन् राज-वंशको इतिहास-शिष्टता र संगीत》मा देखा परेको थियो । त्यस बेला व्हो पु स बाजालाई राष्ट्रस्तरीय बाजाका रुपमा तोकिएको थियो। ठूल्ठूला भोजमा त्यसको सधै उपयोग गरिन्थ्यो। युआन् राज-वंशको पतन भएपछि मिंग राज-वंशका शासकहरुले मंगोलियाली जातिका धेरै चालचलन र रितिरिवाजको बिंडो थामेका थिए तथापि व्हो पु स बाजालाई राष्ट्रस्तरीय बाजाको सूचीबाट हटाएका थिए। सत्रौं शताव्दीमा सत्तामा रहेको छिंग राज-वंश कालमा मंगोलियाली जातिको चालचलन र रितिरिवाजको वाहुल्यता फेरि बढ्नथाल्यो। यसैकारण व्हो पु स बाजालाई फेरि राष्ट्रस्तरीय बाजाका रुपमा राखिएको थियो। त्यस बेला भोजमा व्हो पु स बाजा बजाउनुबाहेक शाही परीवारका सदस्यहरुले हरके वर्षको पहिलो दिन र पहिलो महिनाको पाँचौं दिन आयोजना गरिने भव्य समारोहमा र शिकार गर्न जाँदा व्हो पु स बाजा बजाउँने चलन थियो।

छिंग राज-वंशपछि विविध कारणले गर्दा व्हो पु सको उपयोग विस्तारै कम हुनथाल्यो। नयाँ चीनको स्थापनापछि सङ्गीत क्षेत्रका मानिसहरुको प्रयासमा पूरातात्त्विक तथ्यहरुका आधारमा नयाँ खालको व्हो पु स बाजा बनाएको थियो। त्यसको बाह्य आकार पूराका पूरै मंगोलियाली जातिको परम्पराअनुसार छ। नयाँ खालको व्हो पु स बाजाले केही तार बाजाको विशेषतालाई अँगालेको पाइन्छ। जसबाट नयाँ खालको व्हो पु स बाजाको स्वर झन मिठो बन्नगएको छ।

संगीत:मंगोलियाली जातिको स्थानीय《सेतो झण्डा आ स् र》

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान