नेपाली भाषा

फु छौं

   

श्री फु छौंको जन्म सन् 1934 को मार्च दश तारिखका दिन शांगहाईको एउटा कला परीवारमा भएको थियो। उहाँका पिता चीनका प्रसिद्ध विद्वान , कलाकार तथा दोभाषे हुनुहुन्छ। तीन/चार वर्षका फु छौंले संङ्गीतको ठूलो आकर्षक शक्ति महसुस गर्नसक्नुभयो। उहाँले सात वर्षदेखि पियानो वादन सिक्न शुरु भएको थियो। उहाँका शिक्षक इटालीका संङ्गीत निर्देशक पियानो वादक मारिओ पासि हुनुहुन्छ। श्री मारिओ पासि संङ्गीतका क्षेत्रमा महान व्यक्ति कहलिएका श्री लिचटका विद्यार्थी हुनुहुन्छ। श्री फु छौंले श्री मारिओ पासिसँग तीन वर्षसम्म सिक्नुभयो।

सन् 1953 मा चौथो "विश्व युवा मनोरन्जन महोत्शव" रोमानियामा आयोजित गरिएको थियो। श्री फु छौंले त्यस महोत्शवमा पियानो प्रतियोगितामा तेश्रो पुरस्कार प्राप्त गर्नुभयो। उहाँले बनाउनुभएको लयले पहिलेको सोभियत संघका संङ्गीतकारलाई पछारेपछि उहाँका आँखामा आँसु आए।

सन् 1955 को मार्च महिनामा पाँचौं चोपिन अन्तर्राष्ट्रिय पियानो प्रतियोगिता पोल्याण्डको वार्सो शहरमा आयोजित गरिएको थियो। त्यस प्रतियोगितामा श्री फु छौंले तेश्रो स्थान प्राप्त गर्नुका साथै माचुर्का भन्ने श्रेष्ठ वादक-पुरस्कार प्राप्त गर्नुभयो। तेश्रो स्थान रहे तापनि उहाँको मोहकताले उहाँलाई त्यस प्रतियोगितामा सबैभन्दा आकर्षक मानिसहरुमध्येको एक बनाएको थियो।

चोपिन अन्तर्राष्ट्रिय पियानो प्रतियोगिता सम्पन्न भएपछि श्री फु छौंले पोल्याण्डमै बसेर पियानो वादन कला सिक्नुभयो। सन् 1958 मा उहाँ स्नातक हुनुभयो। सन् 1956 मा उहाँ विदा बिताउन चीन फर्कनुभएको थियो। त्यति बेला उहाँले पैचिंगमा संङ्गीत कार्यक्रमको आयोजना गर्नुभयो। सन् 1958 को डिसेम्बरमा श्री फु छौं पोल्याण्डबाट बेलायतको लण्डन जानुभयो।

गत शताव्दीको साठी-सत्तरीको दशकमा श्री फु छौंले झण्डै साढे दुइ हजारवटा संङ्गीत समारोहहरुको आयोजना गर्नुभयो। उहाँले श्री मेनुहिन, बारेनपोइम, चंग चिंग र चुंग क्वांग वा लगायत विश्वका धेरै प्रसिद्ध वादकहरुसँग आपसी सहयोग गर्नुभयो। उहाँले झण्डै पचासवटा डिस्क रिकर्ड गर्नुभयो। उहाँले यूरोप, अमेरिका, मध्य-पूर्व, दक्षिण-पूर्व एसिया, जापान लगायतका मुलुकहरुको भ्रमण गर्नुभयो। 《टाइम्स》साप्ताहिकले उहाँलाई "हालका लागि सबैभन्दा महान चिनियाँ संङ्गीतकार" भनेर प्रशंसा गरेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान