नेपाली भाषा

ल्यु द हाई

   

प्रसिद्ध बीणा वादक ल्यु द हाई चीनको गत शताव्दीको पचासको दशकको अन्तमा हुर्कनुभएका सर्बश्रेष्ठ वादकहरुमध्येका एक हुनुहुन्छ। मानिसहरुले उहाँलाई बीणा मास्टर भन्ने गरेका छन्। श्री ल्यु द हाईको जन्म सन् 1937 मा शांहाई शहरमा भएको थियो। माध्यमिक विद्यालयमा पढ्दादेखि नै उहाँमा लोक गीतप्रति रुची थियो। उहाँले संगीतका क्षेत्रमा टड्कारो क्षमता देखाउनुभयो। सन् 1950 मा तेह्र वर्षिय ल्यु द हाईलेदुइ-तारे चिनियाँ सारंगी र बीणा लगायतका वाद्य-यन्त्रहरु बजाउन शुरु गर्नुभयो। सन् 1954 मा उहाँले प्रसिद्ध बीणा वादक श छंगबाट बीणा-वादन कला सिक्न शुरुगर्नु भयो। सन् 1957 मा श्री ल्यु द हाईले चिनियाँ केन्द्रीय संगीत अध्ययन संस्थानमा प्रवेश गरी बीणा-वादन कला सिक्नुभयो।

श्री ल्यु द हाईको वादन-कला राम्रो छ, स्वर स्पष्ट र शुद्ध छ र उहाँको शीप उच्च छ। उहाँले बजाउनुभएको संगीतले श्रोताहरुको मनमा गहिरो छाप पारेको छ। फु तुंग भन्ने पक्षका आधारमा उहाँले अरु पक्षहरु बारे सिक्नुभयो। उहाँले बीणा बजाउने आधारभूत प्रविधिको विकास गर्नुभएको छ भने परम्परागत संगीतको बारेमा उहाँसँग पहिले नै प्रशस्त ज्ञान थियो। परम्परागत वादन पद्धतिका आधारमा श्री ल्यु द हाईले संगीतको विशेषता अनुसार बजाउने तरिका तथा संगीतको समाधान गर्नेतर्फ धेरै सुधार गर्नुभयो। जस्तै बीणा बजाउँदा दायाँ हातको बूढी औंलालाई मुक्ति गरी बजाउन सकिन्छ।

श्री ल्यु द हाईले बनाउनुभएका संगीतहरुको संख्या थुप्रै छ। उदाहरणका लागि प्राचीन कालको 《चारैतिरबाट कुरेर बस्नु》संगीतदेखि आधुनिक संगीत 《लांग या शान पहाडका पाँचजना बहादुर》, 《यी जातीय नाच-गान》, 《चिनियाँ कम्युनिष्ट पार्टीका लागि एउटा गीत गाऔं》लाई लिन सकिन्छ। हरेक पटक उहाँले बजाउनुभएको 《लांग या शान पहाडका पाँचजना बहादुर》, 《घाँसे मैदानमा रहेका दिदी-बहिनी》《चारैतिरबाट कुरेर बस्नु》लगायतका संगीत सुन्दा मानिसहरुलाई उहाँले बीणामार्फत कथा सुनाएको जस्तै लाग्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान