नेपाली भाषा

लु र रौंग

   

श्री लु र रौंग सन् 1933 को जून एक तारिखका दिन हु पै प्रान्तको च्युन जिल्लामा जन्मनु भएको थियो। सन् 1945 मा उहाँले कला क्षेत्रमा भाग लिन शुरु गर्नुभएको थियो। सन् 1950 मा उहाँ हान चौं कला मण्डलीका बेला तथा दुइ-तारे चिनियाँ सारंगी वादक हुनुहुन्थ्यो। त्यसपछि उहाँले सि पै कला अध्ययन संस्थानमा प्रवेश गरी दुइ-तारे चिनियाँ सारंगी वादन कला सिक्नुभयो। सन् 1954 मा त्यस अध्ययन संस्थानबाट स्नातक भएपछि उहाँ त्यस अध्ययन संस्थानका शिक्षक हुनुहुन्थ्यो। अहिले उहाँ चिनियाँ संगीतकार संघ अन्तर्गत जातीय संगीत समितिका उप-प्रमुख, चिनियाँ जातीय आर्केष्ट्रल संघका उप-प्रमुख, पल्लो शान सि प्रान्तको जातीय आर्केष्ट्रल संघका प्रमुख तथा पल्लो शान सि प्रान्तको ओपेरा थिएटरका कला सल्लाहकार हुनुहुन्छ।

आधा शताव्दीको कला जीवनमा श्री लु र रौंगले गुरु, वादक, निर्देशकको भूमिका निर्वाह गर्नुभएको छ। उहाँले दुइ-तारे चिनियाँ सारंगीका लागि एक सय पचासवटा संगीत, बीस वटा भन्दा बढी जातीय आर्केष्ट्रल संगीत र दशवटा भन्दा बढी शोधपत्र लेख्नुभएको छ। उहाँले "छिन शैलीको दुइ-तारे चिनियाँ सारंगी", " छांग आन संगीत पक्ष"का स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

श्री लु र रौंग विद्यार्थीहरुका विभिन्न विशेषता अनुसार विभिन्न तरिकामार्फत सिकाउनुहुन्छ। वितेका दर्जनौं वर्षमा उहाँले आफ्ना विशेषतायुक्त पाठक्रम तथा शैक्षिक प्रणालीको स्थापना गर्नुभएको छ। यसका साथै जातीय संगीत सम्बन्धी सिद्धान्त, दुइ-तारे चिनियाँ सारंगीको शिक्षा, वाद्य वादन, जातीय संगीत र संगीत निर्देशनको क्षेत्रमा उहाँले एक खेपका वरिष्ठ व्यक्तिहरु हुर्काउनुभएको छ।

श्री लु र रौंगको वादन विशेषता: परम्परागत लोकप्रिय संगीतका आधारमा अथक सोच-विचारमार्फत उहाँले स्थानीय विशेषतायुक्त दुइ-तारे चिनियाँ सारंगी वादन शैलीको स्थापना गर्नुभएको छ। सन् 1960 मा शांहाईमा आयोजित राष्ट्रिय दुइ-तारे चिनियाँ सारंगी तथा बेला-वादन पाठ्यक्रम सम्बन्धी बैठकमा उहाँले आफूद्वारा सिर्जना गरिएको चीनको उत्तर-पश्चिमी भागको विशेषतायुक्त संगीत 《मि हु टोन》, 《शिंग थेन यौ》 बजाउनुभएपछि दुइ-तारे चिनियाँ सारंगीसम्बन्धी कलाकारद्वारा "दुइ-तारे चिनियाँ सारंगी-वादन शैली तथा सिपको नयाँ विकासकर्ता" भनेर उहाँको प्रशं‍सा गरिएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान