नेपाली भाषा

चाउ सुंग थिंग

   

श्री चाउ सुंग थिंगले शिक्षा-दिक्षा कार्यमा पनि ठूलो उपलव्धि हासिल गर्नुभएको छ। उहाँका विद्यार्थीहरुमध्ये धेरैजनाले स्वदेश र विदेशमा समेत लोकप्रियता कमाएका छन। चीनको बाँसुरी वादन सम्बन्धी तरिकालाई "दक्षिणी पक्ष" तथा " उत्तरी पक्ष"मा विभाजित गरिएको छ। श्री चाउ सुंग थिंगले युगको भावनालाई अरु राम्रोसँग अभिव्यक्त गर्नका लागि "दक्षिणी पक्ष" तथा " उत्तरी पक्ष" बीचको सिमानालाई तोडेर आफ्नो विशेषतायुक्त "च पक्ष" को स्थापना गर्नुभयो। यसका अतिरिक्त, उहाँले चीनको एउटा परम्परागत बाजा- सोना बजाउने कलालाई बाँसुरी वादन कलामा प्रयोग गर्नुभयो। उहाँको बाँसुरी वादन कलामा आफ्नै विशेषता रहेको छ। त्यसमा बजाउने, संङ्गीत बनाउने, शिक्षा-दिक्षा, अनुसन्धान, उत्पादन लगायतका क्षेत्र समावेश गरिएको छ।

श्री चाउ सुंग थिंगको कला अवधारणा के हो भने, "कुनै पनि वादन कला विषयको अभिव्यक्तिका लागि समर्पित हुनुपर्छ। बाँसुरी बजाउने शीपलाई निरन्तर रुपमा विकसित पार्नुपर्छ। विषयको अभिव्यक्तिका लागि फाइदाजनक रहेको जुनसुकै शीपलाई हामीले अपनाउनु पर्छ। " श्री चाउ सुंग थिंगले व्यावसायिक संङ्गीत अध्ययन संस्थानमा प्रवेश नगरे तापनि उहाँले लेख्नुभएका पाठ्य-पुस्तकहरु तुलनात्मक रुपमा वैज्ञानिक ज्ञानमा आधारित छन। श्री चाउ सुंग थिंगले जातीय संङ्गीतको प्रचार-प्रसारका लागि धेरै प्रयास गर्नुभयो। सन् 2001 मा रोगको कारण उहाँको हां चौमा निधन भयो।

सङ्गीत: 《सुनाखरीले वसन्त देखेको》

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान