नेपाली भाषा

चाउ सुंग थिंग

   

श्री चाउ सुंग थिंगको जन्म सन् 1924 मा चीनको च च्यांग प्रान्तको तुंग यांग शहरमा भएको थियो। वालककाल देखि नै उहाँलाई संङ्गीतमा रुची थियो। उहाँले नौ वर्षको उमेरदेखि बाँसुरी वादन कला सिक्नथाल्नु भएको थियो। त्यसपछि उहाँले दुइ तारे चिनियाँ सारंगी, बीणा, तीनवटा तार भएको सीतार, सोना हर्न लगायतका जातीय बाजाहरु बजाउन सिक्नुभयो। सोह्र वर्षको उमेरमा उहाँले माध्यमिक शिक्षा हासिल गरेपछि शिक्षक-प्रशिक्षण विश्वविद्यालयमा अध्ययन गर्न थाल्नु भयो। शिक्षक-प्रशिक्षण विश्वविद्यालयबाट स्नातक गरेपछि उहाँले माध्यमिक विद्यालयमा संङ्गीत शिक्षण गर्नथाल्नुभयो। बाइस वर्षको उमेरमा आफ्ना पिताका निर्देशनमा उहाँले शांगहाई कानूना अध्ययन संस्थानमा प्रवेश गर्नुभयो।

सन् 1949 मा श्री चाउ सुंग थिंगले आफ्नो पढाइ स्थगित गरेर कला मण्डलमा प्रवेश गर्नुभयो। त्यति बेला उहाँ तीन/चारवटा वाद्य-यन्त्र बजाउन सक्ने हुनुका साथै संङ्गीत सिर्जना गर्न पनि सक्ने भैसक्नुभएको थियो। सन् 1954 मा श्री चाउ सुंग थिंगले चीनको उत्तर-पूर्वी क्षेत्रमा आराम गरिरहनुभएको बेला एउटा बाँसुरी-संङ्गीत《विहान सबेरै》लेख्नुभयो। सन् 1956 मा श्री चाउ सुंग थिंगले च च्यांग प्रान्तको नाट्य-मण्डलीमा प्रवेश गर्नुभयो। त्यसपछि उहाँले पहिलो राष्ट्रिय संङ्गीत सातामा 《विहान सबेरै》बजाएर ठूलो सफलता हासिल गर्नुभयो।

सन् 1964 मा पाँचौं "शांहाई वसन्त ऋतु"मा उहाँले आफैले लेखेका दुइवटा संङ्गीत- 《माउ च्यांग नदीको दृश्य》र 《चिया टिप्न व्यस्त》बजाएर श्रोताहरुको मन जित्न सफल हुनुभयो। सङ्गीत विशेषज्ञहरुले पनि उहाँको उच्च मूल्याङ्कन गर्नुभयो। त्यसपछि श्री चाउ सुंग थिंगले बाँसुरी विज्ञानको अनुसन्धान गर्नुभयो। उहाँका भाइ भौतिक वैज्ञानिक चाउ सुंग लिंगको सहयोगमा बाँसुरीको गतिको गणना तथा बाँसुरीको तापक्रम लगायतका विषय बारे उहाँले लामो समयसम्म अनुसन्धान गरी अन्तमा बाँसुरी उत्पादनका लागि वैज्ञानिक तरिका प्रस्तुत गर्नुभयो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान