नेपाली भाषा

थाङ च्युन छ्याउ

   

सन् 2001 को वसन्त चाडको अवधिमा, श्री थाङ च्युन छ्याउ शांगहाई जातीय सङ्गीत टोलीसँगै भियेनाको "स्वर्ण स‌गीत कक्ष"मा नयाँ वसन्त ऋतु सङ्गीत कार्यक्रमको आयोजना गर्नुभयो। सोही वर्ष उहाँले मकाउमा 《थाङ च्युन छ्याउ बाँसुरी सङ्गीत समारोह》को आयोजना गर्नुभयो। सङ्गीतकारको हैसियतले श्री थाङ च्युन छ्याउले आमन्त्रित भएर बारम्बार विश्वका धेरै सङ्गीत तथा कला कार्यक्रममा भाग लिनुभएको छ। जस्तै, ओसाका अन्तर्राष्ट्रिय कला महोत्सव, फ्रान्स युग सङ्गीत महोत्सव, पैचिंग अन्तर्राष्ट्रिय सङ्गीत समारोह, शांहाई अन्तर्राष्ट्रिय कला महोत्सव, मकाउ अन्तर्राष्ट्रिय सँगीत महोत्सव। उहाँको कुशल प्रदर्शनले विशेषज्ञ तथा दर्शकहरुको प्रशंसा हासिल गरेको छ। यसका अतिरिक्त, उहाँले शांहाईमा आयोजित एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको सम्मेलनमा एक्काइस मुलुकका राष्ट्रानायकहरुका लागि 《खुसी सङ्गीत》बजाएर स्वदेश र विदेशका अतिथिहरुको सराहना प्राप्तगर्नुभएको छ।

श्री थाङ च्युन छ्याउले सधैं धेरै प्रसिद्ध सङ्गीत-टोलीसँग मिलेर काम गर्नुभएको छ। जस्तै: लण्डन सिम्फोनी आर्केष्ट्रा, फ्रान्सेली राष्ट्रिय सिम्फोनी आर्केष्ट्रा, हंगकंग आर्केष्ट्रा टोली, चिनियाँ फिलार्मोनिक आर्केष्ट्रा, शांहाई सिम्फोनी आर्केष्ट्रा समावेश। यसका साथै उहाँले अमेरिका, जर्मनी, जापान, बेल्जियम, फ्रान्स, इटली, थाइवान, हंगकंग, मकाउ लगायतका धेरै मुलुक तथा क्षेत्रको भ्रमण गर्नुभएको छ। उहाँ वर्तमान चीनका सबैभन्दा वरिष्ठ युवा बाँसुरी-वादकहरुमध्येका एक हुनुहुन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान