नेपाली भाषा

थाङ च्युन छ्याउ

   

श्री थाङ च्युन छ्याउ चीनका युवा बाँसुरी-वादक हुनुहुन्छ। उहाँ अहिले शांगहाई जातीय सङ्गीत टोलीका प्रथम बाँसुरी वादक हुनुहुन्छ। श्री थाङ च्युन छ्याउले वालककालदेखि नै आफ्ना पिताबाट बाँसुरी-वादन कला सिक्नुभयो। किशोरावस्थादेखि उहाँले धेरै पटक युवा वाद्य-वादन प्रतियोगितामा पुरस्कार प्राप्त गर्नुभयो। सन् 1986 मा उहाँले शन यांग सङ्गीत अध्ययन संस्थान अन्तर्गत माध्यमिक विद्यालयमा प्रवेश गर्नुभयो। सन् 1990 मा सोह्र वर्षको उमेरमा उहाँले पहिलो पटक आफ्नो सङ्गीत समारोहको आयोजना गर्नुभयो। त्यसपछि उहाँले शांगहाई सङ्गीत अध्ययन संस्थानमा प्रवेश गर्नुभयो। सन् 1996 मा उत्कृष्ठ उपलव्धिमार्फत स्नातक भएपछि उहाँले शांगहाई जातीय सङ्गीत टोलीमा प्रवेश गर्नुभयो।

श्री थाङ च्युन छ्याउ वादन-कलामा निकै सिपालु हुनुहुन्छ। उहाँले अतिथिको रुपमा बारम्बार विभिन्न प्रकारका ठूला ढाँचाका सङ्गीत समारोह, टेलिभिजनद्वारा आयोजित कला कार्यक्रमहरुमा भाग लिनुभएको छ। तीमध्ये " हंगकंग च्यारिटी सङ्गीत समारोह", " शांहाई थिएटर सन् 2000 नव वर्ष सङ्गीत समारोह", " सन् 1999 वसन्त सङ्गीत समारोह", " हंगकंग विशेष प्रशासनिक क्षेत्रको स्थापना भएको चौथो वार्षिकोत्सव सङ्गीत समारोह", "सन् 2001 मा शांगहाईको वसन्त सङ्गीत समारोह" समावेश छन।

प्रसिद्ध सिनेमा निर्देशक ली आनको निर्देशनमा रहेको सिनेमा《हिडन ट्राकन》ले ओस्कार पुरस्कार लगायतका विश्वका अठारवटा पुरस्कार तथा ग्रेमी सङ्गीत पुरस्कार प्राप्त गरेको छ। श्री थाङ च्युन छ्याउले त्यस सिनेमामा बाँसुरी बजाउनु भएको छ। त्यसपछि उहाँले अन्तर्राष्ट्रिय सङ्गीत क्षेत्रको ध्यानाकर्षण गर्नुभयो। उहाँले आमन्त्रित भएर बेलायतको लण्डनमा रहेको "बापिकन कल्ला केन्द्र" मा विश्वका प्रसिद्ध एकल बेला-वादनमा यौ यौसँग मिलेर《हीडन ट्राकन》को सङ्गीत बनाउनुभएपछि ठूलो सफलता प्राप्त गर्नुभयो। यसका अतिरिक्त, उहाँले चीनका अन्य प्रसिद्ध सङ्गीतकारहरुसँगै उच्च मूल्यांकन प्राप्त गर्नुभयो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान