नेपाली भाषा

शंग चौं क्व

   

"वरिष्ठ संङ्गीतज्ञ", "आकर्षक बेला-वादक", "चीनका मेनुहिन"- विश्वको संङ्गीत क्षेत्रका आधिकारिक व्यक्तिहरुले चीनका बेलावादक शंग चौं क्वको कुशलताप्रति लक्षित गर्दै अभिव्यक्त गर्नुभएका प्रशंसाका शब्दहरु हुन यी। चिनियाँ सिम्फोनी आर्केष्ट्रामा बेला-वादकको रुपमा श्री शंग चौं क्व विश्वमा चीनका लागि इज्जत प्राप्त गर्ने सबैभन्दा उत्कृष्ट बेला-वादक हुनुहुन्छ।

श्री शंग चौं क्वको जन्म एउटा संङ्गीतकारको परीवारमा भएको थियो। उहाँका पिता चीनका प्रसिद्ध बेला-प्राध्यपक हुनुहुन्छ भने उहाँकी आमा श्वर विद्या सम्बन्धी विशेषज्ञ हुनुहुन्छ। श्री शंग चौं क्व यस परीवारका जेठा सदस्य हुनुहुन्छ। उहाँको जन्म सन् 1941मा भएको हो। त्सस बेला उहाँका आमा-बाबुको सबैभन्दा ठूलो आशा चीनको उत्थान तथा समृद्धि थियो। त्यसकारण उहाँहरुले उहाँको नाम चौं क्व दिनुभयो।

श्री शंग चौं क्वले पाँच वर्षदेखि आफ्ना पिताबाट बेला-वादन सिक्नुभयो। त्यसको दुइ वर्षपछि उहाँले पहिलो पटक प्रदर्शन गर्नुभयो। उहाँको नौ वर्षको जन्म दिवसमा वु हान प्रसारण केन्द्रले उहाँका लागि कार्यक्रम रिकर्ड गरी प्रसारण गर्‍यो। श्रोताहरुले उहाँको प्रदर्शन सुनेपछि धेरै मन पराएर उहाँलाई "प्रतिभाशाली बेला-वादक" को संज्ञा दिए। सन 1954 मा उहाँले चिनियाँ केन्द्रीय संङ्गीत अध्ययन संस्थान अन्तर्गत माध्यमिक विद्यालयमा प्रवेश गर्नुभयो। मोचार्टको दुइ सयौं जन्म दिवसको सम्झना गर्न सन् 1956 मा आयोजित संङ्गीत समारोहमा उहाँले सफलताका साथ मोचार्टको बेला संङ्गीत वादन गर्नुभयो। सोही वर्ष उहाँले राष्ट्रिय संङ्गीत सातामा भाग लिएर चिनियाँ केन्द्रीय संङ्गीत अध्ययन संस्थानको आर्केष्ट्रा सँगै सहयोग गरी श्री मा स् छौंको बेला संङ्गीतमा भाग लिनुभयो। उहाँको प्रदर्शनले संङ्गीत क्षेत्रको उच्च मुल्यांकन प्राप्त गर्‍यो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान