नेपाली भाषा

चौ श्या येन

   

"साँस्कृतिक क्रान्ति" सम्पन्न भएपछि श्रीमती चौ श्या येनले पुन: अध्यापन कार्य थाल्नुभयो। सन् 1984 मा भियेनामा आयोजित अन्तर्राष्ट्रिय श्वर-गायन प्रतियोगितामा उहाँका चारजना विद्यार्थीमध्ये तीनजनाले स्वर्ण पुरस्कार प्राप्त गर्नुभयो भने अर्का एकजनाले रजत पुरस्कार प्राप्त गर्नुभयो। यस उपलव्धिले अन्तर्राष्ट्रिय संगीत क्षेत्रलाई छक्क पारेको थियो।

चीनको ओपेराको उत्थान तथा त्यसको विकासका लागि सन् 1988 को मे महिनामा श्रीमती चौ श्या येनले शांहाई संगीत अध्ययन संस्थानमा आफ्नो नाममा चौ श्या येन ओपेरा केन्द्रको स्थापना गर्नुभयो। सन् 1989 मा चौ श्या येन ओपेरा केन्द्रले ओपेरा 《रिकोलेटो》को प्रदर्शन गरेपछि सफलता प्राप्त गरेको थियो।

वितेका पचास वर्षदेखि यता श्रीमती चौ श्या येनद्वारा हुर्काइएका धेरै गायकहरुले धेरै पटक गरी अन्तर्राष्ट्रिय तथा स्वदेशका प्रतियोगितामा चीनका लागि इज्जत प्राप्त गर्नुभयो। तीमध्येका केही विद्यार्थीहरु अमेरिकाको मेट्रोपोलिटन ओपेरा र सान परासिस्को ओपेराका मुख्य अभिनेता बन्नुभयो। श्रीमती चौ श्या येनले प्रशस्त श्रेष्ठ श्वर-गायनहरुलाई हुर्काउनुभएको छ।

गीत: 《छां छं याउ》

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान