नेपाली भाषा

क्व लान यीङ

   

श्रीमती क्व लान यीङ चीनका प्रसिद्ध महिला उच्च स्वरमा गाउने गायिका हुनुहुन्छ। उहाँको जन्म सन् 1930 को डिसेम्बर महिनामा चीनको वल्लो शान् सि प्रान्तको फिंग याउ जिल्लामा भएको थियो। उहाँको परीवार एउटा गरिब परीवार थियो। छ वर्षको उमेरदेखि उहाँले वल्लो शान् सि प्रान्तको परम्परागत ओपेरा सिक्नथाल्नुभयो। एघार वर्षको उमेरमा था युआन शहरमा प्रदर्शन गर्नुभयो। उहाँले एक सयभन्दा बढी परम्परागत ओपेरामा भाग लिनुभएको थियो।

सन् 1946 को शरद ऋतुमा उहाँले चांग च्या खौ शहरमा नयाँ ओपेराको काम शुरु गर्नुभएको थियो। सन् 1947 मा श्रीमती क्व लान यीङले ह्वा पै संयुक्त विश्व विद्यालयको ओपेरा सेवामा प्रवेश गर्नुभयो। उहाँले《श्रीमान र श्रीमतीले अक्षर चिन्नु》लगायत नाच-गान ओपेराको प्रदर्शन गरी सर्वसाधारणको मन जित्नुभयो। सन् 1949 को अप्रिल महिनामा उहाँले चिनियाँ युवा प्रतिनिधि-मण्डलसँग हंगेरीमा आयोजित विश्व युवा विद्यार्थी दोश्रो शान्ति तथा मित्रता महोत्सवमा भाग लिई《महिलाहरुको स्वतन्त्रता गीत》का लागि पुरस्कार पाउनुभयो।

सन् 1949 मा नयाँ चीनको स्थापना भएपछि श्रीमती क्व लान यीङ चिनियाँ केन्द्रीय ओपेरा अध्ययन संस्थान अन्तर्गत नाट्यशाला, चिनियाँ केन्द्रीय प्रयोगात्मक नाट्यशाला, चिनियाँ ओपेरा तथा नाट्यशालामा मुख्य अभिनेत्री

क्व लान यीङ

हुनुहुन्थ्यो। उहाँले निर्वाह गर्नुभएको नयाँ ओपेरा《सेतो कपाल भएकी महिला,《ल्यु हु लान》, 《श्या आर हैको विवाह》लगायतका भूमिका आम सर्वसाधारणले निकै मन पराएका थिए। श्रीमती क्व लान यीङले चिनियाँ कला दूतको हैसियतले पहिलेको सोभियत संघ, रोमानिया, पोल्याण्ड, युगोस्लाभिया, इटली, जापान लगायतका बीसवटा मुलुकको भ्रमण गरी चीन तथा विदेश बीचको साँस्कृतिक आदान-प्रदानका लागि योगदान पुर्‍याउनुभयो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान