श्री फंग श्यु वन चीनका सङ्गीत निर्देशक तथा संङ्गीतकार हुनुहुन्छ। उहाँ चीनको हु पै प्रान्तको वु हान शहरमा जन्मनु भएको थियो। उहाँ चीनको जातीय संङ्गीत क्षेत्रका वरिष्ठ व्यक्तित्व हुनुहुन्छ। उहाँ चिनियाँ प्रसारण जातीय संङ्गीत टोलीका प्रथम सङ्गीत निर्देशक हुनुहुन्छ। उहाँ चिनियाँ केन्द्रीय प्रसारण आर्केष्ट्रल संङ्गीत टोलीका संस्थापकहरुमध्येका एक हुनुहुन्छ।
श्री फंग श्यु वनले वालककालदेखि नै दुइ-तारे चिनियाँ सारंगी तथा बीणा लगायतका अन्य सांगितिक वाद्य-साधनहरुलाई बजाउन सिक्नुभयो। सन् 1949 मा उहाँले बाणिज्य अध्ययन संस्थानबाट स्नातक गर्नुभयो। सन् 1950 मा उहाँले छुंग छिंग रेडियोमा काम गर्नुभयो।
सन् 1952 श्री फंग श्यु वनले चिनियाँ केन्द्रीय प्रसारण जातीय संङ्गीत टोलीमा काम गर्नुभयो। एक वर्षपछि उहाँले त्यस टोलीका सङ्गीत निर्देशक एवम् संङ्गीत सर्जक बन्नुभयो।
सन् 1957 मा मास्कोमा आयोजित छैठौं विश्व युवा सङ्गीत महोत्सवको कला प्रतियोगितामा श्री फंग श्यु वनको निर्देशनमा रहेको चिनियाँ केन्द्रीय प्रसारण जातीय संङ्गीत टोलीले उहाँबाट संशोधित तीनवटा संङ्गीत प्रदर्शन गरी स्वर्ण पदक प्राप्त गरेको थियो। ती संङ्गीतहरु चीनको जातीय आर्केष्ट्रल संङ्गीतका उत्कृष्ट नमूना बनिसकेका छन्।
सन् 1981 मा हंगकंगको चिनियाँ संङ्गीत टोलीको निमन्त्रणामा श्री फंग श्यु वन त्यस संङ्गीत टोलीका सङ्गीत
निर्देशक बन्नुभयो। सोही वर्ष उहाँ चिनियाँ प्रसारण कला टोली अन्तर्गत जातीय संङ्गीत टोलीका कला निर्देशक बन्नुभयो। एक वर्षपछि उहाँको निर्देशनमा त्यस संङ्गीत टोलीले हंगकंगमा प्रदर्शन गरेको थियो।
सन् 1983 मा श्री फंग श्यु वन चिनियाँ प्रसारण कला टोली अन्तर्गत जातीय संङ्गीत टोलीका प्रमुख हुनुभयो। "भावना र संङ्गीत मिल्नु" श्री फंग श्यु वनको निर्देशन कलाका विशेषतामध्येको एक हो। उहाँको निर्देशनमा चिनियाँ प्रसारण कला टोली अन्तर्गत जातीय संङ्गीत टोलीले प्रदर्शन गरेका संङ्गीतहरु सन्तुलन, उचित तथा सिप लगायतका पक्षमा निकै उच्च स्तरमा पुगेका छन भने त्यो चीनको सबैभन्दा श्रेष्ठ जातीय आर्केष्ट्रल संङ्गीतको टोली बनिसकेको छ।