नेपाली भाषा

छन् चो ह्वांग

   

श्री छन् चो ह्वांगको जन्म चीनको शांगहाई शहरमा भएको थियो। सन् 1956 मा उहाँ चिनियाँ केन्द्रीय संङ्गीत अध्ययन संस्थान अन्तर्गत माध्यमिक विद्यालयको पियानो सेवाबाट स्नातक हुनुभयो। सन् 1981 मा उहाँ चिनियाँ केन्द्रीय संङ्गीत अध्ययन संस्थानको संङ्गीत निर्देशन सेवाबाट स्नातक हुनुभयो। सन् 1981 को ग्रीष्म ऋतुमा विश्वका प्रसिद्ध संङ्गीत निर्देशक सेचि ओचावाको निमन्त्रणामा श्री छन् चो ह्वांगले अमेरिकाको प्रख्यात टेनकलवुत संङ्गीत केन्द्र तथा मिचिकन विश्वविद्यालयमा संङ्गीत सिक्नुभयो। सन् 1982 मा उहाँले संङ्गीतमा स्नातकोत्तरको डिग्री प्राप्त गर्नुभयो। सन् 1985 मा उहाँले मिचिगन विश्वविद्यालयबाट संङ्गीत निर्देशन सम्बन्धी संङ्गीत कलामा विद्यावारिधि हासिल गरेपछि संङ्गीतका क्षेत्रमा विद्यावारिधि हासिल गर्ने उहाँ नयाँ चीनको प्रथम व्यक्ति बन्नुभयो।

सन् 1985 देखि 1987 सम्म श्री छन् चो ह्वांग अमेरिकाको कानसास विश्वविद्यालय अन्तर्गत कला अध्ययन संस्थानमा उप-प्राध्यापक हुनुहुन्थो। त्यसपछि उहाँ मानार्थ प्राध्यापक बन्नुभयो।

सन् 1987 मा श्री छन् चो ह्वांग चीनको केन्द्रीय संङ्गीत टोलीका निर्देशक हुनुहुन्थो। यसका साथै उहाँको नेतृत्वमा रहेको संङ्गीत टोलीले अमेरिकाका न्यू-योर्क, वाशिंटन, शिकागो, सनफ्रान्सिस्को, लस-आन्जलस लगायतका चौबीसवटा शहरमा ऐतिहासिक प्रदर्शन गरेको थियो। उहाँका संङ्गीत कार्यक्रमहरु निकै सफल भएका थिए।

सन् 1990 देखि 2000 सम्म श्री छन् चो ह्वां अमेरिकाको विटचिटा सिम्फोनी आर्केष्ट्राका निर्देशक हुनुहुन्थ्यो। सन् 1992 देखि 1996 सम्म श्री छन् चो ह्वां अमेरिकाको द रौत आइल्याण्ड फिलार्मोनिक आर्केष्ट्राका निर्देशक

छन् चो ह्वांग

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान