नेपाली भाषा

लि द लुन

   

श्री लि द लुन चिनियाँसिम्फोनी आर्केष्ट्राका सल्लाहकार र चिनियाँ संङ्गीतकार संघका उपाध्यक्ष हुनुहुन्छ। श्री श्री लि द लुनको जन्म सन् 1917 मा पैचिंगमा भएको हो। वालक कालमा उहाँले पियानो तथा बेला वादना सिक्नुभएको थियो। फु रन् विश्व विद्यालयमा पढ्दा उहाँले गुरु तथा सहपाठीहरुसँगै विद्यार्थी आर्केष्ट्रा टोलीको गठन गर्नुभएको थियो। सन् 1940 मा उहाँले शांहाई संङ्गीत अध्ययन संस्थानमा पढ्नुभएको थियो। उहाँले भायोलेनोसेलो तथा संङ्गीतको सिद्धान्त सिक्नुभएको थियो।

सन् 1942मा श्री लि द लुनले शांगहाईमा आफ्ना सहपाठीहरुसँगै मिलेर "चिनियाँ युवा सिम्फोनी आर्केष्ट्रा"को गठन गर्नुभएको थियो। सन् 1943 मा शांहाई संङ्गीत अध्ययन संस्थानबाट स्नातक भएपछि उहाँले यान आन शहर गई चिनियाँ केन्द्रीय आर्केष्ट्रल संङ्गीत टोलीका निर्देशक तथा शिक्षक हुनुभयो। सन् 1949 मा उहाँ पैचिंगमा चिनियाँ केन्द्रीय ओपेरा नाट्यशालाका निर्देशक हुनुभयो।

सन् 1953 देखि यता प्रख्यात निर्देशक प्राध्यापक आनासोभको विद्यार्थीको हैसियतले श्री लि द लुनले पहिलेको सोभियत संघको मास्को संङ्गीत अध्ययन संस्थानको संङ्गीत निर्देशन सेवामा अध्ययन गर्नुभयो। उहाँ सन् 1957 को शरद ऋतुमा स्वदेश फर्केर चिनियाँ केन्द्रीय संङ्गीत टोलीका निर्देशक हुनुभयो।

पैचिंग र चीनका अन्य ठाउँमा प्रदर्शन गर्नुबाहेक, श्री लि द लुनको नेतृत्वमा रहेको चिनियाँ सिम्फोनी आर्केष्ट्राले जापान, प्रजातान्त्रिक जन-गणतन्त्र कोरिया, हंगकंग विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्रमा प्रदर्शन

लि द लुन

गरेको छ। निर्देशकको हैसियतले उहाँले पहिलेको सोभियत संघको लेनिनग्राद तथा मास्को लगायतका बीसवटाभन्दा बढी संङ्गीत टोलीको नेतृत्व गरी फिन्ल्याण्ड, चेक र क्यूबा लगायतका मुलुकहरुमा प्रदर्शन गर्नुभएको थियो। सन् 1959 देखि उहाँले धेरै पटक ठूलो पैमानाको संङ्गीत टोलीको निर्देशन गरी प्रदर्शन गर्नुभएको थियो। सन् 1987 मा उहाँले पैचिंगमा आयोजित "सिम्फोनीको वसन्त" शिर्षकको ठूलो ढाँचाको संङ्गीत कार्यक्रममा उहाँले आठ सय जनाबाट गठित संयुक्त संङ्गीत टोलीलाई निर्देशन गर्नुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान